टेलिकमको बिलिङ ठेक्कामा साढे ३३ करोड भ्रष्टाचार, १८ जनाविरुद्ध मुद्दा

नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगिता पहाडी, तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेल, सफ्टवेयर कम्पनीसमेत १८ जना उपर भ्रष्टाचार मुद्दा दायर भएको छ । पहाडी तत्कालीन प्रमुख व्यावसायिक अधिकृत थिइन् ।
नेपाल टेलिकमको बिलिङ सिस्टम अप्रेडको ठेक्कामा ३३ करोड ४८ लाख १७ हजार ४३० रूपैयाँ हिनामिना गरेको अभियोगमा उनीहरुमाथि अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
अख्तियारले प्रतिवादीविरुद्ध ३३ करोड ४८ लाख १७ हजार ४ सय ३० रुपैयाँ बिगो मागदाबी गरेको छ भने बिगोमध्ये खर्च भएको ९ करोड ८८ लाख ४१ हजार ९ सय ५६ रुपैया प्रतिवादीबाट असुलउपर गर्न मागदाबी गरेको छ ।
अन्य प्रतिवादीमा तत्कालीन प्रमुख प्रावधिक अधिकृत प्रतिभा बैद्य, प्रमुख वित्तीय अधिकृत राजेन्द्र श्रेष्ठ, प्रमुख सञ्चालन अधिकृत झविन्द्रलाल उपाध्याय, निर्देशक विनिता श्रेष्ठ, निमित्त निर्देशक अमुल प्रधान, प्रवन्धक देवेन्द्र खतिवडा, उपप्रवन्धकहरु राजीवकुमार के.सी, सन्तोष कुमार श्रेष्ठ, नवल चौधरी, मुक्तिप्रसाद अर्याल, हेमप्रभा राम प्रताप कर्ण, परमात्मा भट्टराई र AsiaInfo-Linkage Technologies (China) Inc. (Currently AsiaInfo Yunghang Software (Beijing) Limited) तथा उक्त कम्पनीका Senior Director Long Yong, CRBT&CS Project Office, Kathmandu का तत्कालीन Operation/Project Manager Mr. Huang Wei (Yellow) र Local Agent Arniko International Pvt. Ltd. को Director शैलेस श्रेष्ठ रहेका छन् ।