प्रजातन्त्र दिवसमा टेलिकमकाे अफर
प्रजातन्त्र दिवसमा टेलिकमकाे अफर नेपाल टेलिकमले प्रजातन्त्र दिवसको अवसरमा विभिन्न अफर ल्याएकाे छ । आइतबारदेखि फागुन १२ सम्म उपलब्ध हुने अफर साविक बमोजिमको ‘फ्रि रिसोर्स’ अर्थात १ जीबी डाटा, १०० मिनेट अन–नेट भ्वाइस र १०० अन–नेट एसएमएस सुविधा भएको तथा ३० दिनसम्म सो रिसोर्स चलाउन मिल्ने सिमकार्ड शहीद परिवारलाई निःशुल्क उपलब्ध गराइनेछ । एफटीटीएचअन्तर्गत ५० एमबीपीएसको ‘एयर्ली वान टाइम’ प्याकेज र कम्बो एयर्ली वान टाइम प्याकेजमा सहुलियत प्रदान गरिएको छ । कम्पनीको प्रिपेड तथा पोस्टपेड मोबाइलका ग्राहकहरुलाई १ एमबीपीएस अनलिमिटेड डाटाका साथमा नेपाल टेलिकमकै नेटवर्कमा प्रयोग गर्न सकिने १०० मिनेट भ्वाइस कल सुविधासहितको प्याकेजका साथै ६ जीबी, १३ जीबी, २०…