सिटिजन्स बैंक र बेक एण्ड सेल्सबीच विशेष छुटकाे समझदारी

सिटिजन्स बैंक र बेक एण्ड सेल्सबीच विशेष छुटकाे समझदारी सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र काठमाडौंस्थित बेक एण्ड सेल्सबीच बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त सहमतिपछि सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले बेक एण्ड सेल्सको नयाँबजार, महाराजगञ्ज र सातदोबाटो शाखामा १० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित र नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुटसम्बन्धी विस्तृत विवरण बैंकको…

यती एयरमा दुई वर्षमुनिका बालबालिकालाई निःशुल्क उडान

यती एयरमा दुई वर्षमुनिका बालबालिकालाई निःशुल्क उडान नयाँ वर्ष २०८१ को उपलक्ष्यमा यती एअरलाइन्सले २ वर्षभन्दा मुनिका बालबालिकालाई हवाई भाडा निःशुल्क गर्ने घोषणा गरेको छ । ‘साना यात्रुका लागि निःशुल्क यात्रा’ योजना सार्वजनिक गर्दै शिशुहरुलाई यतीले हवाई भाडा शतप्रतिशत छुट गर्ने घोषणा गरेको हो । हरेक बालबालिकाले आफ्नो जीवनको पहिलो उडानको अनुभव यती एअरलाइन्स मार्फत नै सुरुवात होस् भनेर यो योजना ल्याइएको यती एअरलाइन्सले जानकारी दिएको छ । हाल एअरलाइन्सहरुले २४ महिनासम्मका शिशुहरुको उडानमा सेवा शुल्क लिंदै आएका छन् । यात्रुहरुलाई सुखद उडान यात्राको अनुभव दिन बच्चाहरुको हवाई भाडामा शतप्रतिशत छुट गरिएको यती एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए ।…

नयाँ वर्षमा पर्यटकीय क्षेत्रका हाेटल भरिभराउ, सबैतिर चहलपहल

नयाँ वर्षमा पर्यटकीय क्षेत्रका हाेटल भरिभराउ, सबैतिर चहलपहल नयाँ वर्ष २०८१ मा मुख्य पर्यटकीय स्थलका हाेटल भरिभराउ भएका छन् । काठमाडौं, पोखराजस्ता पयर्टकीय नगरहरुमा साता अगाडिदेखि नै नयाँ वर्षको चहलपहल बढेको थियाे ।२०८० काे अन्तिम दिनसम्म पाेखरा, ठमेललगायत क्षेत्रका ९० प्रतिशतभन्दा बढी हाेटलहरु बुकिङ भएकाे व्यवसायीहरुले बताएका छन् । विगत वर्षहरुका तुलनामा यस नयाँ वर्षमा स्वदेशी पर्यटकहरुको संख्यामा भने केही गिरावट आएको होटल व्यवसायीहरुको गुनासाे छ । नयाँ वर्षसँगै काठमाडाैंका ठमेल र दरबारमार्ग क्षेत्र चाैबिसै घण्टा खुलाउने निर्णयले पर्यटन क्षेत्रमा उत्साह थपिएकाे छ । ठमेल पर्यटन विकास परिषद् अध्यक्ष भविश्वर शर्माका अनुसार ठमेलका होटलहरु ९० प्रतिशतसम्म बुकिङ भएका छन् ।…

नयाँ वर्षमा एमजीकाे आकर्षक उपहार याेजना

नयाँ वर्षमा एमजीकाे आकर्षक उपहार याेजना एमजीको नेपालको लागि आधिकारिक वितरक एवम् आयातकर्ता पारामाउन्ट मोटर्स प्रा.लिले नेपाली नयाँ वर्षलाई लक्षित गरेर ‘नयाँ वर्ष २०८१ को बहार एमजिसँग आकर्षक उपहार’ योजना सार्वजनिक गरेको छ । योजनाअन्तर्गत ग्राहकहरुले ७ लाखसम्मको नगद छुट प्राप्त गर्न सक्नेछन् । एमजीको ईभी मोडलमा ग्राहकहरुले निःशूल्क टायर, ७ किलोवाटको एसी चार्जर र चालू आर्थिक वर्षको सडक करमा छुट जस्ता विभिन्न फाइदाहरु लिन सक्नेछन् । अफरको बारेमा चर्चा गर्दै कम्पनीका प्रतिनिधि भन्छन्, ‘सुरक्षादेखि डिजाइनसम्म सबै कुराहरुमा उत्कृष्ट एमजिका सबै गाडीहरु (पेट्रोल तथा ईभि)मा अफरको उपलब्धताले ग्राहकमहानुभावहरुलाई हाम्रो गाडी किन्नमा थप प्रोत्साहन गर्ने अपेक्षा हामीले राखेका छौं । नव…

दाेहाेराे मारमा किसान : न दुधकाे मूल्य पाए न बीमाकाे भुक्तानी

दाेहाेराे मारमा किसान : न दुधकाे मूल्य पाए न बीमाकाे भुक्तानी दुधको भुक्तानी नपाएका किसान सरकारले पछिल्लो समय बीमाको रकमसमेत भुक्तानी नदिँदा मर्कामा परेका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको कृषि कर्जा बीमा तथा विपद् व्यवस्थापन शाखाको तथ्याङ्क अनुसार १ अर्ब १९ करोड रुपैयाँ भुक्तानी हुन सकेको छैन । चालु आर्थिक वर्षमा ४६ करोड रुपैयाँ मात्रै भुक्तानी भएको छ । कृषि बीमामा फलफूल, तरकारी, अन्न बाली, मौरी, चिया, कफी लगायतको बीमा हुन्छ । यस्तै, पशुपन्छी बीमा अन्तर्गत बाख्रा, अष्ट्रिच, कालिज, माछा लगायतको बीमा गरिन्छ । कृषि तथा पशुपालन गर्ने किसानले बेहोर्नुपर्ने क्षतिमा राहत दिन सरकारले २०७० देखि कृषि…

नेपालकाे आर्थिक वृद्धि ३‍.६ प्रतिशत हुने एडीबीकाे प्रक्षेपण

नेपालकाे आर्थिक वृद्धि ३‍.६ प्रतिशत हुने एडीबीकाे प्रक्षेपण एसियाली विकास बैंक (एडीबी) ले चालु आर्थिक वर्ष (आव) २०८०/८१ मा नेपालको अर्थतन्त्र ३.६ प्रतिशतले बढ्ने प्रक्षेपण गरेको छ । एडीबीले बिहीबार ‘एसियन डेभलपमेन्ट आउटलुक २०८०’ सार्वजनिक गरी नेपालको अर्थतन्त्रकाे प्रक्षेपण गरेको हो । एडीबीले गत आव २०७९/८० मा १.९ प्रतिशतले वृद्धि दर प्रक्षेपण गरेको थियो । केही दिनअघि विश्व बैंकले नेपालको आर्थिक वृद्धि दर ३.३ प्रतिशत हुने अनुमान सार्वजनिक गरेको थियो । सरकारले भने चालु आवमा ७ प्रतिशत हाराहारी वृद्धि दर अनुमान गरेको छ । चालु आव धान उत्पादन बढ्नु, ऊर्जा उत्पादनमा हुने वृद्धि सकारात्मक रहेको देखिएको एडीबीले जनाएको छ ।…

नयाँ वर्षदेखि ठमेल र दरबारमार्ग चाैबिसै घण्टा खुला गर्ने घाेषणा

नयाँ वर्षदेखि ठमेल र दरबारमार्ग चाैबिसै घण्टा खुला गर्ने घाेषणा व्यवसायीहरूले नयाँ वर्ष २०८१ देखि दरबारमार्ग र ठमेल क्षेत्रलाई २४ सै घण्टा खुल्ला गराउने घोषणा गरेका छन् ।ठमेल प्रर्यटन विकास परिषद र दरबारमार्ग विकास बोर्डले बिहीबार पत्रकार सम्मेलन गर्दै ठमेल र दरबारमार्ग क्षेत्र २४ सै घण्टा सञ्चालन गर्ने घोषणा गरेका हुन् । गृहमन्त्री रवि लामिछानेको सक्रियतामा जिल्ला प्रशासन कार्यालय काठमाडौंले बनाएको आचारसंहिताबमाेजिम दरबारमार्ग र ठमेलमा २४ सै घन्टा व्यवसाय सञ्चालन गराउने व्यवसायीले बताए । ठमेल भगवान बहाल क्षेत्रभित्रका व्यवसायीले भने २४ घण्टा व्यवसाय सञ्चालन गर्न नपाउने ठमेल पर्यटन बोर्डले जनाएको छ । ठमेलको भगवान बहालमा स्थानीयको बसोबास भएकाले १० बजेदेखि…

विश्व बैंक र एसियाली विकास बैंककाे लगानीका आयोजनामा ढिलासुस्ती किन ?

विश्व बैंक र एसियाली विकास बैंककाे लगानीका आयोजनामा ढिलासुस्ती किन ? विश्व बैंक र एसियाली विकास बैंकको लगानीमा नेपालमा सञ्चालित परियोजनाहरुको समीक्षासम्बन्धी त्रिपक्षीय पोर्टफोलियो बैठक मंगलबार बसेको छ । अर्थ मन्त्रालयमा बसेको बैठकले दुवै बैंकद्वारा लगानी गरिएका आयोजनाको प्रगतिमा भइरहेका ढिलाइबारे समीक्षा गरेको छ । बैठकमा दुवै बैंकले जग्गा प्राप्ति, ठेक्का प्रणाली, भुक्तानी, वन क्षेत्रको जग्गा भोगाधिकारमा रहेको कानूनी तथा व्यवहारिक जटिलता लगायत कारण आयोजनामा ढिलाइ भइरहेको बताए । जवाफमा अर्थमन्त्री वर्षमान पुन, अर्थसचवि कृष्णहरि पुस्कर र सहसचिव श्रीकृष्ण नेपालले ती आयोजनाका प्रणालीगत समस्यालाई नीतिगत सुधारमार्फत र व्यावहारिक समस्यालाई अन्तर मन्त्रालय र एजेन्सीहरुसँगको समन्वयमा समाधान गरिने प्रतिबद्धता जनाए । नेपालमा…

नयाँ वर्षमा सामसङको आकर्षक अफर

नयाँ वर्षमा सामसङको आकर्षक अफर नयाँ वर्ष २०८१ को उपलक्ष्यमा खुसी फैलाउने लक्ष्यका साथ सामसङले “स्वागत नयाँ वर्षलाई, बाडौं खुसी सधैंलाई” अफर ल्याएको छ । यसमा ग्राहकले आफूलाई मन परेको टिभी खरिद गर्दा ३८% सम्मको र फ्रिज र वासिङ मेसिनको खरिदमा ३०% सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।ग्राहकले ०% ब्याजको मासिक किस्ताबन्दीमा हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडमार्फत उपलब्ध गराइएको इन्स्टा फाइनान्स सेवाबाट सहज रूपमा सामसङ टिभी, फ्रिज र वासिङ मेसिन खरिद गर्न सक्ने कम्पनीले जनाएको छ । यो विशेष छुट अफर जेठ २ गतेसम्म लागू हुनेछ ।१८ वर्षदेखि निरन्तर ग्लोबल नम्बर १ टिभी ब्रान्डको रूपमा आफ्नो पहिचान बनाएको सामसङले यो…

सिटिजन्स बैंकद्वारा बाल विकास समाजका विद्यार्थीलाई छात्रवृत्ति प्रदान

सिटिजन्स बैंकद्वारा बाल विकास समाजका विद्यार्थीलाई छात्रवृत्ति प्रदान सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले १७ औं वार्षिकोत्सवका अवसरमा बालविकास समाजलाई आर्थिक सहयोग स्वरुप एक लाख पचास हजार रुपैयाँ प्रदान गरेको छ । समाजले करिब एक दशकदेखि अबोध, अनाथ बालबालिकालाई लालनपालन, स्वास्थ्य उपचार र शिक्षा प्रदान गर्दै आएको छ ।बैंकले एक समारोहबीच उक्त रकमको चेक संस्थाका कार्यक्रम अध्यक्ष सुवास गौतमलाई प्रदान गरेको हो । बालविकास समाजमा रहेका ८० जना बालबालिकामध्ये १५ जनाको शिक्षा तथा स्वास्थ्य उपचारमा उक्त रकम खर्च गर्ने गौतमले जानकारी दिए ।हरेक वर्ष बैंकले आफ्नो वार्षिकोत्सवको उपलक्ष्यमा सामाजिक रूपान्तरणका लागि कार्य गर्ने संस्थालाई आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ । आगामी…