नयाँ वर्षमा सामसङको आकर्षक अफर

नयाँ वर्ष २०८१ को उपलक्ष्यमा खुसी फैलाउने लक्ष्यका साथ सामसङले “स्वागत नयाँ वर्षलाई, बाडौं खुसी सधैंलाई” अफर ल्याएको छ । यसमा ग्राहकले आफूलाई मन परेको टिभी खरिद गर्दा ३८% सम्मको र फ्रिज र वासिङ मेसिनको खरिदमा ३०% सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
ग्राहकले ०% ब्याजको मासिक किस्ताबन्दीमा हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडमार्फत उपलब्ध गराइएको इन्स्टा फाइनान्स सेवाबाट सहज रूपमा सामसङ टिभी, फ्रिज र वासिङ मेसिन खरिद गर्न सक्ने कम्पनीले जनाएको छ । यो विशेष छुट अफर जेठ २ गतेसम्म लागू हुनेछ ।
१८ वर्षदेखि निरन्तर ग्लोबल नम्बर १ टिभी ब्रान्डको रूपमा आफ्नो पहिचान बनाएको सामसङले यो नयाँ वर्षको अफरमा ग्राहकलाई नयाँ रेन्जमध्ये कुनै पनि एफएचडी, क्रिस्टल युएचडी, फ्रेम र क्युएलईडी लगायतका टिभी खरिद गर्दा ३८% सम्मको छुट दिएको छ । मात्र आफ्नो नागरिकता पेस गरी ग्राहकले ५५” वा त्यो भन्दा ठूलो टिभी खरिद गर्दा इन्स्टान्ट लोन पाउन सक्ने छन् । इन्स्टा फाइनान्स सेवा मार्फत ईएमआइ १८ महिनाको अवधिमा तिर्ने विकल्प पनि हुनेछ । ४३” वा सोभन्दा सानो टिभी खरिद गर्दा ईएमआइ तिर्न १२ महिनाको अवधि पाउने छन् ।
यसको साथै कुनै पनि सामसङ टिभीसँगै ग्राहकले साउण्डबार खरिद गर्दा पनि आकर्षक छुट पाउन सक्नेछन् । अझ छानिएका सामसङको ७५” भन्दा ठूलो क्रिस्टल युएचडी टिभी खरिद गर्दा ग्राहकहरूले साउण्डबार सित्तैमा पाउने छन् भने ए.यु.७७०० मोडलका ५५” र ६५” युएचडी टिभीको खरिद गर्दा ग्यालेक्सी ए.१५(८÷१२८) मोबाइल फोनमा रु. ५००० को छुट पाउनेछन् ।
सोही अफरले यस नयाँ वर्षको अवसरमा फ्रिज र वाशिङ मेसिनको खरिदमा ३०% सम्मको छुट प्रदान गरेको छ ।