सिटिजन्स बैंकद्वारा बाल विकास समाजका विद्यार्थीलाई छात्रवृत्ति प्रदान
सिटिजन्स बैंकद्वारा बाल विकास समाजका विद्यार्थीलाई छात्रवृत्ति प्रदान सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले १७ औं वार्षिकोत्सवका अवसरमा बालविकास समाजलाई आर्थिक सहयोग स्वरुप एक लाख पचास हजार रुपैयाँ प्रदान गरेको छ । समाजले करिब एक दशकदेखि अबोध, अनाथ बालबालिकालाई लालनपालन, स्वास्थ्य उपचार र शिक्षा प्रदान गर्दै आएको छ ।बैंकले एक समारोहबीच उक्त रकमको चेक संस्थाका कार्यक्रम अध्यक्ष सुवास गौतमलाई प्रदान गरेको हो । बालविकास समाजमा रहेका ८० जना बालबालिकामध्ये १५ जनाको शिक्षा तथा स्वास्थ्य उपचारमा उक्त रकम खर्च गर्ने गौतमले जानकारी दिए ।हरेक वर्ष बैंकले आफ्नो वार्षिकोत्सवको उपलक्ष्यमा सामाजिक रूपान्तरणका लागि कार्य गर्ने संस्थालाई आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ । आगामी…