पर्वतीय क्षेत्रहरूको संरक्षणका लागि पहाडी राष्ट्रहरूको समूह गठन गर्न आह्वान
पर्वतीय क्षेत्रहरूको संरक्षणका लागि पहाडी राष्ट्रहरूको समूह गठन गर्न आह्वान ‘नेपाल वैकल्पिक विवाद समाधान सप्ताह २०२४’ आइतबार समापन भएको छ । ललितपुरको गोदावरीमा भएकाे सम्मेलनले १३ बुँदे घोषणापत्र जारी गरेको छ । नेपाल अन्तर्राष्ट्रिय एडीआर केन्द्रको आयोजनामा बिहीबार सुरु भएको सम्मेलनपछि जारी घोषणापत्रमा सिंगापुर कन्भेन्सनमा हस्ताक्षर र अनुमोदन गर्न, हिमाल संरक्षण र हरित मध्यस्थता प्रवर्द्धन गर्न सहयोग गर्न, न्यायमा पहुँच सुधार गर्न अनलाइन विवाद समाधान प्रणाली र प्रविधिको विकास गर्न, पर्वतीय क्षेत्रहरूको संरक्षणका लागि पहाडी राष्ट्रहरूको समूह गठन गर्न विशेष रुपमा आह्वान गरिएको छ । सप्ताहमा विवाद समाधानमा संलग्न विभिन्न देशका संस्था, विषय विज्ञ तथा व्यवसायीहरूको सहभागितामा मध्यस्थता र मेलमिलापका…