भ्रामक समाचारको पछि नलाग्न इसेवाको आग्रह
भ्रामक समाचारको पछि नलाग्न इसेवाको आग्रह पछिल्ला केही दिनदेखि सामाजिक सञ्जालमा केहि समाचार पोर्टलहरूमाइसेवाबाट रकम चोरी भएको तथा इसेवामा रकम सुरक्षित नभएको जस्ता भ्रामक रआधारहीन समाचारहरू प्रकाशित भएका छ । यस्ता भ्रामक समाचारको पछि नलाग्नआफ्ना ग्राहक तथा प्रयोगकर्तालाई इसेवाले अनुरोध गरेको छ । केही अनलाइनसमाचार पोर्टलहरू इसेवाको सिस्टम ह्याक भई रकम चोरी भएको भनीप्रकाशित खबरहरुले इसेवा प्रयोगकर्ताहरुमा अनावश्यक त्रास र भ्रम सिर्जनाभएकोमा इसेवाको गम्भीर आपत्ती रहेको छ ।इसेवाको १६ वर्षको इतिहासमा इसेवाले आफ्नो सिस्टम प्रणालीलाईलिएर कुनै कमी नराखेको समेत आफ्ना ग्राहक बर्गलाई जानकारी गरेको छ । आम जनतालाई यस्ता भ्रामक समाचारहरूको विश्वास नगरी सत्य तथ्यमा विश्वासगर्न इसेवा आग्रह गर्दछ ।…