यामाहाले ल्यायो बिगेस्ट १०शैं अफर

यामाहाले ल्यायो बिगेस्ट १0शैं अफर नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरहरूको आधिकारिक बिक्रेता एमएडब्लू राइड़सले दशैं, तिहार र छठ जस्ता पर्वलाई मध्यनजर गरी नयाँ बिगेस्ट १०शै नामक योजना ल्याएको छ। यस योजना अन्तर्गत अफर अवधिभर यामाहाका मोटरसाइकल र स्कुटर खरिद गर्ने भाग्यशाली ग्राहकहरूले दश लाख रुपैयाँसम्मको हात खाली नजाने स्योरशट क्यास ब्याक उपहार समेत प्राप्त गर्ने छन । महान चाड दशैंलाई नाम जस्तै भव्य र ठूलो बनाउने सोच अनुसार यामाहाले यो अफर ल्याएको हो । यामाहाका बाइक र स्कुटरहरू किन्दा अधिकतम दश लाखसम्म नगद फिर्ता हुने र कसैको पनि हात खाली नजाने भएकाले यामाहा ग्राहकहरूले यसपालीको दशैं अहिले सम्मकै ठूलो…

निराशाजनक अवस्थामै सकियो नाडा अटाे शो

निराशाजनक अवस्थामै सकियो नाडा अटाे शो नाडा अटो शो २०२४ को प्रदर्शन समाप्त भएको छ । यो वर्षको नाडा अटो शोको तामझाम धेरैभए पनि खास उपलब्धि हुन सकेन । अहिले केही नयाँ ब्राण्डले नेपाली बजारमा प्रर्दशन गरे पनि निराशा जनक उपलब्धि हात परेको बुझिएको छ । बजारमा केही नयाँ ब्राण्डको आगमन भएसँगै नयाँ मोडलबीच खास उपलब्धि मूलक प्रतिस्पर्धा भने भएन । मूल्य, डिजाइनमा निकै प्रतिस्पर्धा भयो । ग्राहकको रोजाइमा डोङफेङ नामी र टाटा पन्चले भने केही आशा जगाए ।

साताकाे दाेस्राे दिन सेयर बजारमा उछाल

साताकाे दाेस्राे दिन सेयर बजारमा उछाल केही दिनदेखि घटिरहेको शेयर बजारमा पुनः उछाल आएको छ । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक १२७.३२ अंकले बढेर २८२३.२५ मा रोकिएको छ । साेमबार १३ अर्ब १० करोड ४६ लाख ३१ हजार ८०२ रुपैयाँको कारोबार भएको छ । आइतबार १० अर्बको कारोबार भएको थियो । ३ करोड १४ लाख ३० हजार ४८ कित्ता शेयर खरिद बिक्री भएको छ । २३९ कम्पनीको मूल्य वृद्धि भएको छ भने ५ वटा कम्पनीको शेयर मूल्य घटेको छ । नेसनल हाइड्रोपावर, बेस्ट फाइनान्स, समृद्धि फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, एनएलजी इन्स्योरेन्स, रिलायन्स फाइनान्स र सुपरमाइ हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक…

सहकारी ठगीमा प्रहरीले लियाे रवि लामिछानेसँग बयान

सहकारी ठगीमा प्रहरीले लियाे रवि लामिछानेसँग बयान प्रहरीले पोखराको सूर्यदर्शन सहकारीको बचत अपचलनका विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग बयान लिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी वसन्तकुमार शर्मासहितको टोलीले साताअघि काठमाडौं आएर पूर्वगृहमन्त्री लामिछाने, रास्वपाका सहमहामन्त्री विपिन आचार्य र पूर्वडीआईजी छविलाल जोशीसँग बयान लिएको हो । सूर्यदर्शन सहकारीको रकम लामिछाने प्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया प्रालिमा लगेको र लामिछानेकै नाममा समेत ऋण लिएको भेटिएपछि २०८० माघ १६ मा बचतकर्ताले उनीविरुद्ध पूरक जाहेरी दिएका थिए । तर, लामिछानेसहित तीनै जनाले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा आफूहरुको संलग्नता अस्वीकार गरेका छन् । ३१ असार २०७८ मा लामिछानेको नाममा सहकारीको १…

फोनपेको बोहनीले व्यवसायीलाई फाइदा

फोनपेको बोहनीले व्यवसायीलाई फाइदा फोनपेले देशभरका व्यवसायीलाई लक्षित गर्दै आफ्नो पहिलो भुक्तानी सेवा बोहनी सुरु गरेकाे छ । यसले बिहानको पहिलो भुक्तानी नगदमा मात्र स्वीकार गर्ने परम्परालाई चुनौती दिँदै डिजिटल भुक्तानीको सहजतालाई स्वीकार गर्न अभिप्रेरित गर्दछ। फोनपे क्युआरमार्फत बोहनी स्वीकार गर्दा व्यवसायीले बिहानको समयमा स-साना रकमको समस्याबाट मुक्ति पाउनुका साथै उधारो दिनुपर्ने झन्झटलाई सजिलै टार्न पनि सक्नेछन्। अभियानमा सहभागी हुन व्यवसायीहरूले फोनपे बिजनेस एपमा लग-इन गरेर सहभागिता स्वीकार गर्नुपर्नेछ र अभियान अवधिमा फोनपे क्युआरमार्फत भुक्तानी लिएको हुनु पर्नेछ । यस अभियानअन्तर्गत एक भाग्यशाली व्यवसायीले नयाँ EV Scooter जित्ने अवसर पनि प्राप्त गर्नेछन् । फोनपेका चिफ बिजनेस अफिसर सुमित दासका अनुसार…

एनआइएमबीको मोबाइल बैंकिङ्गमार्फत पाँच लाखसम्मको कर्जा सुविधा

एनआइएमबीको मोबाइल बैंकिङ्गमार्फत पाँच लाखसम्मको कर्जा सुविधा नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले मोबाइल बैंकिङ्ग एपमा ‘एनआईएमबी स्मार्ट लोन’ को सुविधा सुरु गरेको छ । यो सुविधा मार्फत बैंकका योग्य ग्राहकहरुले एपबाटै रु.५ लाखसम्मको कर्जा बिना कुनै धितो, कागजी प्रक्रिया वा बैंकमा उपस्थित नभई सजिलै लिन सक्नेछन् । बैंकले सो कर्जाको सहज भुक्तानीको लागि विभिन्न समय अवधिमा आफ्नो कर्जा तिर्ने विकल्पहरु समेत प्रदान गरेको छ । यसमा ग्राहकहरुले १ महिनाभित्र वा बढीमा ३६ महिनासम्मको सरल किस्ताबन्दीको आधारमा पनि कर्जा भुक्तानी गर्न सक्नेछन् । साथै आफ्नो कर्जा रकम चाहेको समयमा एकैचोटी तिर्न चाहने ग्राहकहरूका लागि पूर्व भुक्तानीको समेत व्यवस्था मिलाइएको बैंकले जनाएको…

५३.६३ अंकले घट्याे नेप्से

५३.६३ अंकले घट्याे नेप्से साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा करिब दुई प्रतिशतको गिरावट देखिएको छ । कारोबार रकम पनि घटेको छ । नेप्से परिसूचक ५३ दशमलव ६३ अङ्कले घटेर दुई हजार छ सय ९५ दशमलव ९३ को विन्दुमा कायम भएको हो । तीन सय ३७ कम्पनीको दुई करोड ६२ लाख ४६ हजार चार सय ३५ कित्ता शेयर एक लाख ३० हजार छ सय ३२ पटक खरिदबिक्री हुँदा १० अर्ब ५१ करोड ७६ लाख ८२ हजार तीन सय ४९ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । म्युचुअल फण्ड शून्य दशमलव ८० प्रतिशतले बढेको छ भने अरु सबै…

‘विकास निर्माणका काममा सत्ता पक्ष प्रतिपक्षसँग सँगसँगै हिँडाैं’

'विकास निर्माणका काममा सत्ता पक्ष प्रतिपक्षसँग सँगसँगै हिँडाैं' उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले विकास निर्माणका काममा सत्ता पक्ष प्रतिपक्षसँग सँगसँगै हिँड्नुपर्ने बताएका छन् । बुटवलमा लुम्बिनी प्रदेश गौरवको आयोजना लुम्बिनी प्रादेशिक अस्पतालको अत्याधुनिक भवनको शिलान्यास गर्दै अर्थमन्त्री पौडेलले विकासका काममा सत्ता र प्रतिपक्ष मिलेर काम गर्नुपर्ने बताए । उनले आयोजना सम्पन्न गर्नका लागि जनस्तरबाट निगरानी गर्नुपर्ने भन्दै समयमै निर्माणको काम सक्न निर्माण कम्पनीलाई निर्देशन पनि दिए। अस्पतालको निर्माण ठेक्का समयमै काम सकेर स्याबासी कमाउन प्रदेश सरकार, प्रदेश पूर्वाधार विकास प्राधिकरण र निर्माण कम्पनीलाई उनले आग्रह गरेका हुन् । उनले तीन वर्षमा सक्छु भनेको काम नसकेर पछुताउने अवस्था नआओस् भन्दै भनेकै…

एनआईसी एशिया बैंकद्वारा लिलाम बिक्री पोर्टल सार्वजनिक

एनआईसी एशिया बैंकद्वारा लिलाम बिक्री पोर्टल सार्वजनिक एनआई सी एशिया बैंक लिमिटेडले बैंकिङ्ग सम्पत्तिहरू, बैंकको नाममा रहेको गैर बैंकिङ्ग सम्पत्ति तथा धितो सुरक्षणमा रहेको सम्पत्तिसमेतको लिलाम विक्री गर्ने सम्बन्धी अनलाइन पोर्टल सार्वजनिक गरेको छ । बैंकले सञ्चालनमा ल्याएको यस अनलाइन पोर्टलमार्फत बैंकले लिलाम विक्री गर्ने सम्पत्तिहरू सम्बन्धी सम्पूर्ण किसिमका सूचनाहरूको बारे जानकारी प्राप्त हुनेछ । जसमा ग्राहकको सहजताका लागि लिलाम बिक्री सम्बन्धी प्रकाशित गरिएको सूचनामा रहेको क्युआर कोड स्क्यान गरी आउने https://auctionassistance.nicasiabank.com भित्र लिलाम बिक्रीमा रहेका सम्पत्तिहरूको कित्ता नं. तथा क्षेत्रफल सहितको विवरण, फोटो, नक्सा एवं उक्त सम्पत्तिको स्थान (लोकेशन)पहिचानका लागि गुगल म्याप सहितका विविध जानकारीहरू एकै ठाउँबाट प्राप्त गर्न…

इसेवाले दियो नौलो उपहार

इसेवाले दियो नौलो उपहार १ करोड भन्दा बढी डाउनलोड हुने पहिलो नेपाली डिजिटल वालेट बनेको इसेवाले आफ्ना मर्चेन्टहरुको लागि विशेष सेवा लिएर आएको छ । इसेवाले नेपालको डिजिटलवालेटको क्षेत्रमा नयाँ आयामको सिर्जना गरेको छ ।नेपालकै पहिलो अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले देशमा डिजिटल भुक्तानी प्रणालीको थालनीबाट डिजिटल रूपान्तरण गरी अर्थतन्त्रको मुहार फेर्ने लक्ष्य लिएकों छ । साथसाथै आफ्ना ग्राकको जीवन तथा वित्तीय कारोबार सहज बनाउन इसेवाले समय समयमा विभिन्न नवीनतम सेवाहरू विस्तार गर्ने कार्य पानी गर्दछ । अब इसेवा सँग आवद्ध भएका मर्चेन्टहरुले आफ्नो व्यावसायिक खाता आफ्नो व्यक्तिगत खातामा लिंक गर्नसक्नेछन् । पहिले नेपालका व्यवसायिहरूले व्यापार व्यवसायको लागि एउटा…