सामसङ फेरि शीर्ष स्थानमा

सामसङ फेरि शीर्ष स्थानमा विश्व बजारमा सबैभन्दा बढी बिक्री हुने फोनहरूको सूचीमा सामसङ शीर्ष स्थानमा छ । २०२४ को दोस्रो त्रैमासिकमा अन्य ब्रान्डलाई पछि पार्दै सामसङ आफ्नो अग्रता कायम राख्न सफल भएको हो । क्यानलिसले सार्वजनिक गरेको रिपोर्ट अनुसार स्मार्टफोन बिक्रीमा सन् २०२१ देखि नै सामसङ शीर्ष स्थानमा छ । २०२४ को दोस्रो त्रैमासिकमा सामसङले विश्व बजारमा १८ प्रतिशत हिस्सा कायम गर्न सफल भएको छ । विभिन्न मूल्य रेन्जका फोन वितरण गर्ने सामसङको रणनीतिले यो सफलता दिलाएको विश्लेषण गरिएको छ । सामसङले अनुसन्धान र विकासमा ठूलो लगानी गरेको छ, जसका कारण डिस्प्ले, क्यामेरा, प्रोसेसर लगायतमा नवीनतम प्रविधिहरू उपलब्ध गराउन सक्षम…

व्यावसायिक कारोबारको रकम व्यक्तिगत खातामा जम्मा नगर्न इसेवाको अपिल

व्यावसायिक कारोबारको रकम व्यक्तिगत खातामा जम्मा नगर्न इसेवाको अपिल भुक्तानी सेवाप्रदायक ईसेवाले व्यावसायिक कारोबार बापतको रकम व्यक्तिगत खातामा जम्मा नगर्न आफ्ना ग्राहकलाई अपिल गरेको छ । आर्थिक विधेयक २०८१ बाट आयकर ऐन २०७८ को दफा ८१ क अन्तर्गत व्यावसायिक कारोबार बापतको रकम व्यक्तिगत खातामा जम्मा गर्न नपाइने व्यवस्था गरिएकाले ईसेवाले यस्तो नियम पालना गर्न सबै ग्राहकलाई अनुरोध गरेको हो । आन्तरिक राजस्व विभागका अनुसार अब कुनै पनि व्यक्तिले व्यावसायिक कारोबार बापत प्राप्त नगद, चेक, क्यूआर कोड तथा अन्य विद्युतीय माध्यमबाट प्राप्त हुने रकम व्यक्तिगत बैंक खातामा जम्मा गर्न पाइने छैन । यसै सन्दर्भमा व्यावसायिक कारोबार व्यावसायिक क्यूआर मार्फत गर्न प्रोत्साहन…

बुद्धको जहाजमा प्राविधिक समस्या जहाज काठमाण्डौ नै फर्कियो

बुद्धको जहाजमा प्राविधिक समस्या जहाज काठमाण्डौ नै फर्कियो काठमाण्डौ । बुद्ध एयरको जहाजमा प्राविधिक समस्या देखापरे पछि जहाज काठमाण्डौ नै फर्कियकों छ। काठमाण्डौबाट पोखरा उडेको उडान नं ६५५ कल साइन ९ एन-एएमडीमा बुद्ध एयर को जहाज काठमाण्डौमा नै फर्किएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार यात्रु र जहाजमा केही क्षति भएको छैन । आज दिउसो ४ बजेर ५ मिनेटमा जहाज काठमाडौंमा नै आएर ल्याण्ड गरेको हो । जहाजमा के समस्या आयकों हो त्यो भने बताईएको छैन । हवाई क्षेत्रमा आधा आकाश कब्जा गर्न सफल बुद्ध एयरले आफ्नो छबि नबिगारोस भन्ने यात्रुको भनाइ रहेको छ ।

घट्याे डिजेल र पेट्राेलकाे मूल्य

घट्याे डिजेल र पेट्राेलकाे मूल्य नेपाल आयल निगमले पेट्रोल र डिजेल/मट्टितेलको मूल्य घटाएको छ । इण्डियन आयल कर्पोरेशनबाट पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटेर आएपछि नेपालमा पनि भाउ घटेको हो । यससँगै अब पेट्रोल प्रतिलिटर पहिलो वर्गमा १६७.५०, दोस्रोमा १६९ र तेस्रोमा १७० रुपैयाँ पर्ने भएको छ । त्यस्तै, डिजेल र मट्टितेल प्रतिलिटर पहिलो वर्गमा १५५.५०, दोस्रोमा १५७ र तेस्रोमा १५८ रुपैयाँ भएको छ । घटेको मूल्य आजै राति १२ बजेपछि लागू हुने निगमले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

नेपाल लाइफको ‘लिडरसीप एक्सलेन्स अवार्ड’ सम्पन्न

नेपाल लाइफको 'लिडरसीप एक्सलेन्स अवार्ड' सम्पन्न जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले तीन दिवसीय लिडरसीप एक्सलेन्स अवार्ड २०२४ भव्यतापूर्वक सम्पन्न गरेको छ । भैरहवाको टाइगर प्यालेस रिसोर्टमा साउन ११ देखि १३ गतेसम्म चलेको कार्यक्रम ‘हक वर्ष : फ्लाई हाई, एम हायर’ नाराका साथ सम्पन्न भएको हो । कार्यक्रममा देशभरिबाट उत्कृष्ट व्यवसाय गर्ने १९१ एजेन्सी तथा एजेन्सी मेनेजर र कम्पनीका कर्मचारीको बाक्लो उपस्थिति थियो । कार्यक्रमको उद्घाटन कम्पनीका सञ्चालक विमल ढकाल र प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले संयुक्त रूपमा गरेका थिए । कार्यक्रममा भर्चुअल्ली बोल्दै सञ्चालक समितिका अध्यक्ष गोविन्दलाल संघईले आ.व २०८०÷८१ मा गरेको आउट स्ट्यान्डिङ पर्फमेन्सको लागि व्यक्तिगत र…

भारतमा नेपाली विज्ञापन एजेन्सी भि-चित्रले पायो प्रतिष्ठित पुरस्कार

भारतमा नेपाली विज्ञापन एजेन्सी भि-चित्रले पायो प्रतिष्ठित पुरस्कार नेपाली विज्ञापन एजेन्सीहरूले आफ्ना सिर्जनात्मक कामहरूबाट विश्वव्यापीमञ्चमा उल्लेखनीय छाप छोडिरहेका छन् । यसै सन्दर्भमा रुरल मार्केटिङएसोसिएसन अफ इन्डियाद्वारा हालै भारतमा आयोजित फ्लेम अवार्ड २०२४ समारोहमा नेपालको अग्रणी विज्ञापन एजेन्सी भि-चित्रले २ स्वर्ण र १ रजत पुरस्कारका साथ उच्च सम्मान प्राप्त गरेको छ। भि-चित्रले लोकप्रियनेपाली तयारी चाउचाउ ब्राण्ड वाइवाइको लागि संचालन गरेको 'हामी सबैको मनमा वाइवाइ' उत्कृष्ट लामो अवधिको अभियान रकपालको हेरचाह सम्बन्धिको ब्राण्ड लिभोनको लागि गरिएको क्याम्पेन 'किप योर कलर्स' वर्षको उत्कृष्ट बजेट क्याम्पेन घोषित हुँदै गोल्ड अवार्ड प्राप्त गरेको छ। यसका साथै भि-चित्रले लिभोन प्रोफेशनलका लागि गरेको अभियान वर्षकै बेस्ट इनोभेटिभ…

वर्ल्डलिंककाे ‘दुईमा चार अफर’

वर्ल्डलिंककाे 'दुईमा चार अफर' वर्ल्डलिंकले ग्राहकका लागि 'दुईमा चार अफर' सार्वजनिक गरेको हो । एकै पल्ट दुई वर्षको पैसा तिर्दा वर्ल्डलिंकको २०० एमबीपीएस गतिको इन्टरनेट मासिक ७५० रुपैयाँमै पाउन सकिने भएको छ । वर्ल्डलिंकको यो अफरमा सहभागी हुने ग्राहकले इन्टरनेटको नियमित प्याकेजमा २९ प्रतिशत छुट पाउनुका साथै नोकिया डुअल ब्यान्ड राउटर, दुई ओटा नोकिया बिकन १.१ र नेटटिभी एन्ड्रोइड सेट-टप बक्स समेत सित्तैमा पाउनेछन् । जसका लागि ग्राहकले इन्टरनेट सेवाको लागि १७ हजार ९९० रुपैयाँ (भ्याट बाहेक) तिरे पुग्नेछ । सम्पूर्ण डिभाइसहरूको डिपोजिट भने छुट्टै तिर्नुपर्नेछ । यसैगरी २५० एमबीपीएस र ३०० एमबीपीएस गतिको इन्टरनेटका लागि समेत कम्पनीले २४ महिने…

यामाहाले थाल्यो ‘ब्लु स्ट्रिक्स’ पहल

यामाहाले थाल्यो ‘ब्लु स्ट्रिक्स’ पहल यामाहा नेपालले यामाहा ब्लू स्क्वायर नक्सालमा आफ्नो बहुप्रतिक्षित 'ब्लु स्ट्रिक्स' पहल सुरु गर्ने घोषणा गरेको छ । यामाहा मालिकहरूलाई एकै ठाउँमा ल्याउन र चालक तथा उनीहरूका मोटरसाइकलबीच बलियो सम्बन्ध सिर्जना गर्न डिजाइन गरिएको 'ब्लूस्ट्रिक्स' रोमाञ्चक र नवीन कार्यक्रम हो । यसले एउटा सशक्त यामाहा परिवार सिर्जना गर्ने दाबी गरिएकाे छ । यामाहा केवल मोटरसाइकल निर्माता मात्र नभएर सवारहरूका लागि अविस्मरणीय अनुभवहरूको निर्माता पनि हो । 'ब्लु स्ट्रिक्स' यामाहाका ग्राहकहरूसँग गहिरो सम्बन्ध विकास गर्न र भविष्यमा "म्यान-मेसिन" अन्तरक्रियालाई थप आकर्षक र रोमाञ्चक बनाउने प्रतिबद्धताको हिस्सा भएकाे कम्पनीकाे दाबी छ । विशेष कार्यक्रमका अवसर र सवारीहरूदेखि लिएर…

लघुवित्तका कर्मचारी छनोट र सरुवा-बढुवामा नयाँ मापदण्ड

लघुवित्तका कर्मचारी छनोट र सरुवा-बढुवामा नयाँ मापदण्ड नेपाल राष्ट्र बैंकले लघुवित्तका कर्मचारी छनोट, सरुवा र बढुवा, पदस्थापन र मूल्यांकनमा मापदण्ड तोकेको छ । लघुवित्त कर्मचारीको क्षमता र उनीहरूले ऋणीलाई गर्ने व्यवहारमा प्रश्न उठेपछि केन्द्रीय बैंकले कर्मचारी सम्बन्धी मापदण्ड नै तोकिदिएको हो ।राष्ट्र बैंक बैंक तथा वित्तीय संस्था नियमन विभागले लघुवित्त संस्थाका लागि जारी गरेको एकीकृत निर्देशिका संशोधन गर्दै उक्त व्यवस्था गरेको हो । ‘शाखा व्यवस्थापक वा त्यसभन्दा माथिको कर्मचारी भर्ना गर्दा उक्त कर्मचारीको विगतको पृष्ठभूमि विश्लेषण गरेरमात्र नियुक्त गर्नुपर्ने तथा निश्चित तालिम एवम् कार्यानुभवका आधारमा मात्र पदोन्नति र जिम्मेवारी दिनुपर्ने छ,’ संशोधित निर्देशिकामा छ, ‘लघुवित्तले ‘नो योर इम्प्लोई’ को प्रयोग…

निजी सवारीसाधनमा यात्रु ओसारपसारमा राेक लगाउन माग

निजी सवारीसाधनमा यात्रु ओसारपसारमा राेक लगाउन माग ट्याक्सी व्यवसायीले दुई पांग्रे तथा चार पांग्रे (रातो नम्बर प्लेट) लाई सार्वजनिक सवारीसाधनसरह यात्रु ओसारपसार गर्ने कार्य रोक्न माग गरेका छन् । अखिल नेपाल यातायात मजदुर संघ, उपत्यका ट्याक्सी विशेष समिति, नेपाल ट्याक्सी चालक संघलगायतले विज्ञप्ति निकाल्दै रातो नम्बर प्लेट भएका मोटरसाइकल र चार पांग्रे सवारीसाधनमा यात्रु बोक्न रोक्नुपर्ने माग राखेका छन् । उनीहरुले उक्त कार्य नरोकिए आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् । ‘हामीले पटकपटक सम्बन्धित निकायहरुमा कानूनविपरीत सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा ८ को उपदफा २ र दफा १२ को उपदफा १ को बर्खिलाप हुनेगरी २ पांग्रे तथा ४…