पहिलो ६ महिनामा ३१.८ प्रतिशतले बढ्याे निर्यात
पहिलो ६ महिनामा ३१.८ प्रतिशतले बढ्याे निर्यात अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८१/८२ को ६ महिनाको प्रमुख आर्थिक सूचक सार्वजनकि गरेको छ । जसअनुसार चालु आव पहिलो ६ महिना (साउन–पुस) मा निर्यात ३१.८ प्रतिशतले वृद्धि भएको छ । गत आव सोही अवधिमा निर्यात ७.२ प्रतिशतले घटेको थियो । यस अवधिमा ९८ अर्ब ७९ करोड रुपैयाँ बराबर वस्तु निर्यात भएको छ । गत आव सोही अवधिमा ७४ अर्ब ९७ करोडको निर्यात भएको थियो । त्यसैगरी ८ खर्ब २२ अर्ब ३७ करोड बराबरका वस्तु आयात भएको छ । यो ७.१ प्रतिशतले बढेको हो । गत आव यही अविधमा ७ खर्ब ६८ अर्ब १७…