जलविद्युतमा स्वदेशी लगानी जुटाउन निजी क्षेत्रलाई प्रधानमन्त्रीकाे आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले जलविद्युत आयोजनामा स्वदेशी लगानी जुटाउन निजी क्षेत्रलाई आग्रह गरेका छन् ।
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था इप्पानको कार्यक्रममा शुक्रबार बोल्दै ओलीले भने, ‘वैदेशिक लगानी खास नियमभित्र राखेर बोलाउँछौं । जलविद्युतमा नेपाली लगानी नै बढिरहेको छ । हामी आफैं लगानी गर्ने हो भने अप्ठेरोमा परिँदैन । हामी नै लगानी गर्न जुटौं ।’
प्रधानमन्त्री ओलीले जलविद्युत आयोजनाका लागि स्वदेशी लगानी जुटाउन निजी क्षेत्रसँग आग्रह गरे ।
अहिलेको समय विकास पूर्वाधारबाट अगाडि बढ्नुपर्ने उनले बताए । पेट्राेल आयात कम गर्नुपर्ने बताउँदै प्रधानमन्त्री ओलीले आयातीत फ्युल विस्थापित गर्ने योजनासमेत सुनाए । साथै विकासको गति तीव्र हुने उनले आश्वासन दिए ।