ठूलो आर्थिक वृद्धि हुने क्षेत्रहरुमा लगानी गर्न अर्थमन्त्रीकाे निर्देशन
ठूलो आर्थिक वृद्धि हुने क्षेत्रहरुमा लगानी गर्न अर्थमन्त्रीकाे निर्देशन अर्थमन्त्री वर्षमान पुनले ठूलो आर्थिक वृद्धि हुने क्षेत्रहरुमा लगानी गर्न नागरिक लगानी कोषलाई निर्देशन दिएका छन् । नागरिक लगानी कोषको ३४ औं वार्षिकोत्सव कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै उनले दीर्घकालीन महत्वका पूर्वाधार निर्माण, ठूला आर्थिक वृद्धिका क्षेत्र र रोजगारी सिर्जना गर्ने क्षेत्रमा लगानी गर्नुपर्ने बताएका हुन् । कोषले गरेका लगानीहरुमा लगानी कर्ताको पैसा नडुबोस् भन्ने जिम्मेवारी कोष स्वयंले लिनुपर्ने बताए । उनले देशमा विद्यमान समस्याको समाधान गरेर अघि बढ्नुपर्ने चुनौती त्यत्तिकै रहेको बताए । उनले भने, ‘हामी समस्याभन्दा बाहिर त कहिले पनि हुँदैनाैं । त्यो समस्या जसले समाधान गर्नसक्छ, आफ्नो समकालीन समस्या,…