पेट्रोलमा १ रुपैयाँ, डिजेल र मट्टीतेलमा २-२ रुपैयाँ घट्याे

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले इण्डियन आलय कर्पोरेशनबाट प्राप्त भएको नयाँ मूल्यअनुसार पेट्रोलमा १ रुपैयाँ, डिजेल र मट्टीतेलमा प्रतिलिटर २-२ रुपैयाँ घटाएको हो ।
यससँगै अब नयाँ मूल्य पेट्रोलको प्रतिलिटर पहिलो वर्गमा १६८.५०, दोस्रो वर्गमा १७० र तेस्रो वर्गमा १७१ रुपैयाँ पुगेको छ । त्यस्तै डिजेल र मट्टितेलमा प्रतिलिटर पहिलो वर्गमा १५५.५०, दोस्रो १५७, तेस्रो १५८ रुपैयाँ पुगेको छ ।
पहिलाे वर्गअन्तर्गत चारआली, विराटनगर, अमलेखगन्ज, जनकपुर, वीरगन्ज, भलबारी, नेपालगन्ज र धनगढी पर्छन् भने दाेस्राे वर्गमा सुर्खेत र दाङ तथा तेस्राे वर्गमा काठमाडाैं, पाेखरा र दिपायल पर्छन् ।
घटेको मूल्य शनिबार बिहान १ बजेदेखि लागू हुने निगमले जानकारी दिएको छ ।