लगानी कम्पनी खाेल्दै महासंघ

नेपाल उद्योग वाणिज्य महासंघको पहलमा लगानी कम्पनी स्थापना हुने भएको छ ।

उक्त कम्पनीमा देशैभरका सर्वसाधारण एवं व्यवसायीले लगानी गर्न सक्नेछन् । उक्त रकम विभिन्न परियोजनामा लगानी गरिनेछ ।

वीरगञ्ज उद्योग वाणिज्य संघको वार्षिक साधारणसभा महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले दिएकाे जानकारीअनुसार कम्पनीको अधिकृत पूँजी १० अर्ब रूपैयाँ हुनेछ । यसमा महासंघका सदस्यबाहेकका व्यवसायीले पनि लगानी गर्न सक्नेछन् ।

अध्यक्ष ढकालले महासंघको चैत अन्तिम साता आयोजना हुने वार्षिक साधारणसभामा आर्थिक एजेण्डामा सबै दलहरूको ऐक्यबद्धता खोजिने जानकारी दिए । ‘हामीले प्रयास गर्नुपर्छ, बजार चलायमान बनाउन सबैको सहकार्य आवश्यक छ’, उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

लगानी कम्पनी खाेल्दै महासंघ