ठूलो आर्थिक वृद्धि हुने क्षेत्रहरुमा लगानी गर्न अर्थमन्त्रीकाे निर्देशन

अर्थमन्त्री वर्षमान पुनले ठूलो आर्थिक वृद्धि हुने क्षेत्रहरुमा लगानी गर्न नागरिक लगानी कोषलाई निर्देशन दिएका छन् ।

नागरिक लगानी कोषको ३४ औं वार्षिकोत्सव कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै उनले दीर्घकालीन महत्वका पूर्वाधार निर्माण, ठूला आर्थिक वृद्धिका क्षेत्र र रोजगारी सिर्जना गर्ने क्षेत्रमा लगानी गर्नुपर्ने बताएका हुन् । कोषले गरेका लगानीहरुमा लगानी कर्ताको पैसा नडुबोस् भन्ने जिम्मेवारी कोष स्वयंले लिनुपर्ने बताए ।

उनले देशमा विद्यमान समस्याको समाधान गरेर अघि बढ्नुपर्ने चुनौती त्यत्तिकै रहेको बताए । उनले भने, ‘हामी समस्याभन्दा बाहिर त कहिले पनि हुँदैनाैं । त्यो समस्या जसले समाधान गर्नसक्छ, आफ्नो समकालीन समस्या, आफ्नो संस्थामा परेको समस्या, देशमा परेको समस्या, त्यसलाई हल गर्नसक्ने मान्छेलाई नै इतिहासले सम्झिन्छ । नत्र हामी एभ्रेज समस्या बताउने, समस्याको पछि हिँड्ने समाधान कसले गर्ने भन्दा अरु कसैले गर्ने भाग्यमा विश्वास गर्ने । हामीले आफैँले आफ्नो संस्थाको सुधार गर्ने हो ।’

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

ठूलो आर्थिक वृद्धि हुने क्षेत्रहरुमा लगानी गर्न अर्थमन्त्रीकाे निर्देशन