क्यान्सर बिरामीलाई यतीकाे टिकट नि:शुल्क

यती एयरलाइन्सले उपचारका लागि विराट मेडिकल कलेज टिचिङ हस्पिटल (विराट क्यान्सर इन्स्टिच्युट) जाने क्यान्सरका बिरामीलाई निःशुल्क हवाई टिकट प्रदान गर्ने भएको छ ।
आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत क्यान्सरका बिरामीलाई सहयोग गर्ने उद्देश्यले यो सुविधा ल्याएको यती एयरलाइन्सका चिफ बिजनेस अफिसर युवराज विष्टले जानकारी दिए । ‘निःशुल्क हवाई टिकट नेपालभरिकै क्यान्सरका बिरामीले उपभोग गर्न पाउनुहुनेछ, विराट क्यान्सर इन्स्टिच्युटसँगको सहकार्यमा यो योजना ल्याएका हौँ,’ उनले भने ।
अस्पतालका विशेषज्ञ चिकित्सकले उपलब्ध गराएकाे क्यान्सरको बिरामी भएको प्रमाणपत्र/परिचयपत्रका आधारमा निशुल्क टिकट बुक गर्न मिल्ने व्यवस्था मिलाइएको विराट क्यान्सर इन्टिच्युटका उपाध्यक्ष डा. निकिता कार्कीले जानकारी दिइन् ।