बुक बिल्डिङ विधिमार्फत रिलायन्सको आईपीओ जारी
बुक बिल्डिङ विधिमार्फत रिलायन्सको आईपीओ जारी बोलपत्र पेश गर्ने अन्तिम मिति माघ १४ गते रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले माघ १० गते बुक बिल्डिङ विधिमार्फत आईपीओ बिक्री खुला गरेको छ । यस कम्पनीले पहिलो चरणमा योग्य संस्थागत लगानीकर्तालाई शेयर बोलकबोल खुला गरेको हो । बोलकबोलको प्रतिकित्ता ६०८ देखि ९१२ रुपैयाँसम्म बिक्री मूल्य सीमा कायम भएको छ । यसको रजिष्टर्ड कार्यालय काठमाडौंमा भए पनि उद्योग भने इटहरी र सुनसरीमा छ । रिलायन्स धागो उत्पादन गर्ने उद्योग हो । कम्पनीले आफ्नो उत्पादनको ७०–७५ प्रतिशतभन्दा बढी उत्पादन भारत, टर्की, भियतनाम, यूकेलगायतका मुलुकहरुमा निर्यात गर्दै आएको छ । कम्पनीको वार्षिक उत्पादन क्षमता १६ हजार ५६०…