कर प्रणाली सुधार्न मोरङ व्यापार संघकाे सुझाव

काठमाडौँ । मोरङ व्यापार संघले कर प्रणाली सुधारका लागि विभिन्न सुझाव पेस गरेको छ । कर प्रणाली सुधारका लागि सरकाद्वारा गठित उच्चस्तरीय सुझाव समितिद्वारा आयोजित अन्तरक्रियात्मक कार्यक्रममार्फत संघले सुझाव बुझाएको हो ।
संगठनका अध्यक्ष नवीन रिजालको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलले बुझाएको सुझावमा सीमा नाकाबाट हुने विशेषगरी विभिन्न १७ वटा दैनिक उपभोग्य सामग्रीहरूको मूल्याङ्कन तथा भन्सार महसुल दर घटाउनुपर्ने उल्लेख छ ।
साथै, देश भरीका जिल्ला/नगर उद्योग वाणिज्य सङ्घहरूबाट सङ्कलित निजी क्षेत्रका उद्योग/व्यवसाय प्रतिष्ठानहरूको हकहित सम्बन्धी सुझाव समेत संघले दिएको छ । यसबाहेक, मोरङ–सुनसरी औद्योगिक कोरिडोरका उद्योग/व्यवसाय प्रतिष्ठानहरूका राजस्व सम्बन्धी विभिन्न सुझावहरू संकलन गरी आयोग समक्ष बुझाइएको छ । संघको प्रतिनिधिमण्डलले विराटनगर पुगेको कर प्रणाली सुधारका लागि गठित उच्चस्तरीय सुझाव समितिको टोलीलाई सुझावसहितकाे पत्र दिएको हो ।