नाडा अटो शो सुरु

नाडा अटो शो सुरु नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले भृकुटीमण्डपमा मंगलबारदेखि नाडा अटो शो सुरु गरेको छ । शोको उद्घाटन उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले गरेका छन् । १६ भदौसम्म सञ्चालन हुने अटो शोमा ५५ ब्रान्डका गाडी प्रदर्शनीमा राखिएको छ । नाडा अटो शोका संयोजक अनुपकुमार बरालले प्रदर्शनीमा २४ ब्रान्डका चारपांग्रे, १९ ब्रान्डका दुई–पांग्रे र १२ ब्रान्डका हल्का व्यावसायिक गाडी प्रदर्शनीमा राखिएको जानकारी दिए । लुब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरणलगायत ३३ कम्पनीहरू अटो शोमा सहभागी छन् । यस्तै ७ वित्तीय संस्थाका स्टलहरू समेत अटो शोमा छन् । नाडाका अनुसार प्रदर्शनीमा १३० वटा स्टल छन् ।

कृषि अध्ययनरत विद्यार्थीका लागि एग्रो टाइम्स लेखन प्रतियोगिता

कृषि अध्ययनरत विद्यार्थीका लागि एग्रो टाइम्स लेखन प्रतियोगिता एग्रो टाइम्स मासिक पत्रिकाले कृषि जेटिएदेखि स्नातकोत्तर तहसम्म कृषि वा भेटेरीनरी विषय अध्ययनरत वा अध्ययन पूरा गरेका विद्यार्थीलाई लक्षित गरी यसै महिनाबाट लेखन प्रतियोगिता सुरु गरेको छ । भदाैका लागि नेपालमा कृषि शिक्षाको महत्व र वर्तमान अवस्था शीर्षक तोकिएको छ । प्रतियोगितामा कृषिअन्तर्गतका विभिन्न विधामा अध्ययन गरिरहेकाले सहभागी हुन सक्नेछन् । प्रतियोगितामा छनोट भएका ४ वटा लेखलाई नगदसहितको उत्कृष्ट मेडल तथा कदरपत्र सहितको पुरस्कारको समेत व्यवस्था गरिने एग्रो टाइम्स मिडिया नेटवर्कले जनाएकाे छ । प्रतियोगितामा सहभागी हुन लेख दिइएको शीर्षकसँग जोडिएको बिषयमा सम्बन्धित हुनुपर्ने, लेखक कृषि जेटिएदेखि स्नातकोत्तर तहसम्म कृषि वा भेटेरीनरी…

कृषि मन्त्रीको १०० दिने कार्ययोजना सार्वजनिक : अनुदान लिन किसान परिचयपत्र अनिवार्य

कृषि मन्त्रीको १०० दिने कार्ययोजना सार्वजनिक : अनुदान लिन किसान परिचयपत्र अनिवार्य असीम सापकाेटा कृषि अनुदान लिन किसान परिचयपत्र अनिवार्य गरिने भएको छ। कृषि तथा पशुपक्षी विकास मन्त्रालयले कृषि अनुदानमा किसान परिचयपत्र अनिवार्य गर्ने तयारी गरेको हो। कृषि अनुदान पहुँचका भरमा कागजी कृषकले मात्रै पाउने गरेको गुनासोका बीच मन्त्रालयले आगामी असोज मसान्तभित्र किसानको वर्गीकरणसहित परिचयपत्र वितरण शुरु गर्ने र कृषि अनुदानमा किसान परिचयपत्र अनिवार्य गर्ने बताएको हो। कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले आइतबार आफ्नो एक सय दिनको कार्ययोजना सार्वजनिक गर्दै असोज मसान्तसम्म थप ३ लाख किसान सूचीकृत हुने जानकारी दिए। मन्त्रालयमा पत्रकार सम्मेलन गरी उनले उखु किसानले पाउन बाँकी…

‘विद्युत महसुल विवाद ९ वर्षसम्म लम्ब्याएर १६ अर्ब छुट किन दिएको ?’

'विद्युत महसुल विवाद ९ वर्षसम्म लम्ब्याएर १६ अर्ब छुट किन दिएको ?' प्रधानमन्त्री केपी शर्मा ओलीले ट्रंक तथा डेडिकेटेड महसुल विवादमा सरकारको धारणा स्पष्ट पार्दै रेकर्डमा देखिएको महसुल एक रुपैयाँ पनि छुट दिन नहुने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा आइतबार साँझ एक टिप्पणी लेख्दै प्रधानमन्त्री ओलीले ९ बर्षसम्म महसुल विवाद लम्ब्याएर किन १६ अर्ब छुट दिएको भन्दै प्रश्न गरेका छन् । ‘केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा डेडिकेटेड फिडर र ट्रंकलाइन उपभोक्ताबाट सरकारले महसुल उठाउन खोजिरहेको छैन भन्ने बारम्बार प्रश्न आइरहेको छ ।’ प्रधानमन्त्रीले भनेका छन– ‘तर सरकारको कुरा यत्रो ९ बर्षसम्म किन २१ अर्ब ८८ करोड रुपैयाँ महसुल उठाइएन,…

सानाे पुँजीका धेरै उद्याेग स्थापना गराैं : प्रधानमन्त्री

स-साना पुँजीका धेरै उद्याेग स्थापना गराैं : प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीले स-साना पुँजीबाट उत्पादन वृद्धि हुने धेरै उद्योग स्थापना र विस्तार गर्नुपर्ने बताएका छन् । काठमाडाैंमा आयाेजित स्टार्ट अप नेशन–२०३० कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले सिर्जनशील सोचका साथ युवा र महिलाले कामका लागि विदेश नगइ स्वदेशमै रोजगारी र आयका अवसर खोज्न सक्ने बताए । आफ्नै उत्पादनबाट आयात विस्थापन गर्न, गरिबी घटाउन, राष्ट्रिय आत्मविश्वास वृद्धि गर्न र दिगो विकासका लक्ष्य हासिल गर्न युवा उद्यमशीलतालाई व्यापक बनाउनु पर्ने उनकाे भनाइ छ । यस्ता उद्यमलाई सम्पत्ति राखेर नभइ परियोजनाका आधारमा बैंकले ऋण दिनुपर्ने उनले बताए । 'हामीले प्रविधि सीप र पुँजीका आधारमा सिङ्गो…

कैलालीका ३० भन्दा बढी उद्याेगलाई अनुदान

कैलालीका ३० भन्दा बढी उद्याेगलाई अनुदान कैलाली जिल्लामा एक निर्वाचन क्षेत्र एक उद्योग प्रवर्द्धन कार्यक्रमअन्तर्गत जिल्लाका ३० भन्दा बढी उद्योगलाई अनुदान प्रदान गरेिएकाे छ । घरेलु तथा साना उद्योग कार्यालयले आ ब २०८०/८१ मा जिल्लाका १० निर्वाचन क्षेत्रका उद्योगलाई छनोट गरी अनुदान प्रदान गरेको हाे । लामो समयदेखि सञ्चालनमा रहेका उद्योगको स्तरोन्नति गर्न एक निर्वाचन क्षेत्र एक उद्योग प्रवर्द्धन सहयोग कार्यक्रम’ कार्यान्वयनमा ल्याएको बताइएकाे छ । प्रदेशसभामा १० निर्वाचन क्षेत्र रहेको कैलालीमा ३० भन्दा माथि संचलानमा रहेका उद्योगलाई छनोट अनुदान दिइएको छ । सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको याे कार्यक्रमका लागि गत आ व मा एक करोड ५० लाखभन्दा बढी बजेट…

अवैध लागु‌‌औषध काराेबार गर्ने पटेल पक्राउ

अवैध लागु‌‌औषध काराेबार गर्ने पटेल पक्राउ बारा, पर्सा, रौतहटलगायत जिल्लामा अवैध लागुऔषधको बिक्री वितरण गर्दै आएका एक ब्यक्ति बारा प्रहरीको फ़न्दामा परेका छन् । लागुऔषधको कारोबार लगायत बिभिन्न मुद्दामा फरार रहेका रौतहट बिजयपुर–७ का २४ बर्षीय रामबिनयप्रसाद पटेललाई प्रहरीले पक्राउ गरेको हो । पटेल बिरुद्ध बिभिन्न जिल्लामा पक्राउ पुर्जी जारी भएको छ । प्रहरीले पटेललाई पक्राउ गर्न सफल भएको थिएन । इलाका प्रहरी कार्यालय निजगढका प्रहरीले पटेललाई बाराको निजगढ नगरपालिका–९ सहिद चोकबाट नियन्त्रण लिएको हाे । प्रहर असार १ मा निजगढ-७ घर भएका विकास रुम्बा २५० पिस लागुऔषध ट्रामाडोल ट्याब्लेटसहित पक्राउ परेका थिए । रुम्बाले पटेलसँग ट्याब्लेट किनेर निजगढका बिभिन्न…

पाँचाैं पूर्वाधार सम्मेलन आगामी २७-२८ भदौमा हुने

पाँचाैं पूर्वाधार सम्मेलन आगामी २७-२८ भदौमा हुने पाँचौं संस्करणको पूर्वाधार सम्मेलन आगामी २७-२८ भदौमा काठमाडौंमा हुने भएको छ । नेपाल उद्योग परिसंघले पत्रकार सम्मेलन आयोजना गरेर यसबारे जानकारी दिएको हो । पत्रकार सम्मेलनमा परिसंघ अध्यक्ष राजेशकुमार अग्रवालले सार्वजनिक निजी साझेदारी अवधारणा अनुरूप नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, लगानी बोर्डसँगको सहकार्य सम्मेलन आयोजना गर्न लागिएको जानकारी दिए । रणनीतिक लगानीमार्फत दिगो विकास भन्ने मुल भावका साथ पाँचौं संस्करणको ‘बीवाईडी नेपाल इन्फ्रास्ट्रक्चर समिट २०२४’ आयोजना हुन लागेको परिसंघले जनाएको छ । सम्मेलनबाट प्राप्त सुझाव नेपाल सरकारलाई उपलब्ध गराइने अग्रवालकाे भनाइ छ । कार्यक्रममा लगानी बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत प्रधुम्नप्रसाद…

९१ देशसँग नेपालकाे व्यापार घाटा

९१ देशसँग नेपालकाे व्यापार घाटा चालु आर्थिक वर्षको पहिलो महिना विश्वका १०२ भन्दा बढी देशसँग व्यापार (आयात र निर्यात) गरेको नेपालले ९१ देशसँग घाटा बेहोरेको छ । व्यापार गरेको अधिकांश देशसँग घाटा बेहोरेको मुलुकले १२ वटा देशसँग मात्र केही नाफा गरेको हो । भन्सार विभागको तथ्यांकअनुसार साउन महिनामा १ खर्ब २८ अर्ब ३७ करोड ७१ लाख रुपैयाँ बराबरको वस्तु आयात हुँदा जम्मा १२ अर्ब २२ करोड ६१ लाख रुपैयाँ बराबरको मात्र निर्यात हुन सकेको हो । समीक्षा महिनामा वैदेशिक व्यापारतर्फ सरकारलाई खुद १ खर्ब १६ अर्ब १५ करोड रुपैयाँ घाटा लागेको छ । अघिल्लो वर्षको साउनमा आयात निर्यातमा सरकारलाई १…

टिकटककाे प्रतिबन्ध हटाउने सरकारकाे निर्णय

टिकटककाे प्रतिबन्ध हटाउने सरकारकाे निर्णय सरकारले टिकटक खुलाउने निर्णय गरेको छ । मन्त्रिपरिषद बैठकले बिहीबार टिकटकलाई लगाइएको प्रतिबन्ध खुल्ला गर्ने निर्णय लिएकाे हाे । लगत्तै सम्बन्धित निकायलाई टिकटक खुला गराउन निर्देशन दिइएको एकजना मन्त्रीले जानकारी दिएका छन् । त्यस्तै, टिकटकलाई ३ महिनाभित्रमा विभिन्न मापदण्ड र प्रक्रिया पूरा गर्न पनि सरकारले निर्देशन गरेको उनले बताए । गत वर्ष कात्तिकदेखि तत्कालीन सरकारले सामाजिक विकृति बढेको भन्दै टिकटक बन्द गर्ने निर्णय गरेको थियो । यद्यपि, भीपीनलगायतबाट टिकटक भने चलिराखेको थियो ।