यामाहा नेपाल र हेल्मेट्स नेपाल बीच व्यापारिक सम्झौता

यामाहा नेपाल र हेल्मेट्स नेपाल बीच व्यापारिक सम्झौता बिगत ९ वर्ष देखि हेलमेट को मार्केटमा आफ्नो छुट्टै पहिचान बनाउन सफल "हेल्मेट्स नेपाल" ले यामाहा नेपालसग व्यापारिक सहकार्यमा सम्झौता गरेको छ । आयोजित एक कार्यक्रममा हेल्मेट्स नेपाल र यामाहा नेपाल बिच सम्झौता भएको हो । सम्झौता अनुसार अब यामाहा मोटरसाइकलको शोरुमहरुमा हेल्मेट्स नेपालको पनि आउट्लेट रहने भएको छ।हेल्मेट, सेफ्टी गियर र एसेसोरिजहरु उपलब्ध रहने छन । काठमाडौँका शोरुमहरु टेकु, महाराजगंज र गठ्ठाघर भक्तपुरमा हेल्मेट्स नेपालको आउटलेटहरु रहने छन । नक्शालस्थित यामाहाको ब्लु स्क्वायर शो रुममा भने एक्सचेन्जको सुविधा रहने छ । सुबिधाहरुलाइ थप बिस्तार गर्दै लैजाने हेल्मेट्स नेपालका प्रवन्ध निर्देशक सजल…

बर्जर जेन्सन एण्ड निकोल्सन प्रा.लि.ले प्राप्त गर्‍यो ISO प्रमाणपत्र

बर्जर जेन्सन एण्ड निकोल्स प्रा.लि.ले प्राप्त गर्‍यो ISO प्रमाणपत्र नेपालको पेन्ट र कोटिंग्स उद्योगको अग्रणी नाम हो बर्जर जेन्सन एण्ड निकोल्सन (नेपाल) प्रा.लि.ले गुणस्तर व्यवस्थापनको लागि ISO ९००१:२०१५, वातावरणीय व्यवस्थापनको लागि ISO १४००१:२०१५ र समुदाय तथा कर्मचारीको स्वास्थ्य र कार्यस्थलको सुरक्षाको लागि ISO ४५००१:२०१८ प्रमाणपत्र प्राप्त गरेको छ । TÜV NORD CERT GmbH द्वारा प्रमाणित यी प्रमाणपत्रहरूले उच्च-गुणस्तरका उत्पादन, दिगो अभ्यास र ग्राहक सन्तुष्टि प्रदान गर्ने कम्पनीको प्रतिबद्धता रहेको बताएको छ । यी प्रमाणपत्रहरूले देकोरेटीभ पेन्टहरू, वाटर प्रूफिङ र कन्स्त्रकसन केमिकल र पुट्टीहरूको उत्पादन, भण्डारण, वितरण, बिक्री र आपूर्तिलाई समेट्दै अन्तर्राष्ट्रिय मापदण्डहरूप्रति कम्पनीको प्रतिबद्धतालाई पालन गर्ने भएको छ ।बर्जर नेपालका…

मन्त्रीहरुको रिर्पोट कार्ड :भौतिक मन्त्री ‘फेल’,अर्थ र उद्योग मन्त्री ‘थर्ड डिभिजन’

मन्त्रीहरुको रिर्पोट कार्ड :भौतिक मन्त्री 'फेल',अर्थ र उद्योग मन्त्री 'थर्ड डिभिजन' उनीहरुले चालु आर्थिक बर्षको पुस मसान्तसम्मको कार्यसम्पादन हेर्दा ३५ प्रतिशत समेत काम गर्न सकेका छैनन् । प्रधानमन्त्री कार्यालयले जारी गरेको पुससम्मको कार्यसम्पादन प्रगति विवरणअनुसार सम्पन्न हुनुपर्ने माइलस्टोन र गतिविधिको आधारमा क्याबिनेटका १२ मन्त्रीहरु फेल भएका हुन। प्रतिवेदन अनुसार,यो ६ महिनाको अवधिमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले ८० दशमलव ५५ प्रतिशत र कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजय चौरसियाले शतप्रतिशत अंक ल्याउँदा अर्थमन्त्री विष्णु पौडेलको ३९ दशमलव २ प्रतिशत, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले ४८ दशमलव १ प्रतिशत काम सम्पन्न गरेका छन् ।यता भौतिक…

डल्फिन पोलिप्लास्टलाई नेपालमा गुणस्तर प्रमाण पत्र प्रदान

डल्फिन पोलिप्लास्टलाई नेपालमा गुणस्तर प्रमाण पत्र प्रदान डल्फिन पोलिप्लास्ट इन्डस्ट्रीज प्रा.लि.ले नेपाल गुणणस्तर तथा नापतौल विभागबाट गुणणस्तर प्रमाणपत्र प्राप्त गरेको छ ।पीभीसी पाइप उत्पादनमा विशेषज्ञता हासिल गरेको प्रमाणका आधारमा डल्फिनलाई प्रमाणपत्र प्रदान गरिएको हो ।डल्फिन पोलिप्लास्टले गुणणस्तर, नवीनता, र ग्राहको सन्नतुष्टिलाई आफ्नो प्रमुख लक्ष्य मानेर काम गर्दै आएको कम्पनीले जानकारी दिएको छ । कम्पनीद्वारा जारी विज्ञप्ति डल्फिनलाई दिइएको नेपाल गुणणस्तर प्रमाणपत्रले कम्पनीको उत्पादन प्रक्रियामा अन्तर्राष्ट्रिय मापदण्डहरूको पालना भएको छ ।कम्पनीका प्रमुख उत्पादन आवासीय, व्यावसायिक, अस्पताल, होटल, र सिँचाइ लगायतविभिन्न क्षेत्रमा प्रयोग भए का छन् डल्फिनपोलिप्लास्ट,स्थापनाकाल देखि नै आफ्ना ग्राहकहरूको विश्वास जित्तन निरन्तर प्रयासरत रहेको छ । नेपाल गुणणस्तर प्रमाणपत्र प्राप्तिले…

नेपाल बीमा प्राधिकरणको अध्यक्षका लागि १२ जनाको आवेदन

नेपाल बीमा प्राधिकरणको अध्यक्षका लागि १२ जनाको आवेदन नेपाल बीमा प्राधिकरणको अध्यक्षका लागि ५ जनाको नाम सर्टलिष्टमा परेको छ । आइतबार बसेको नेपाल सरकार समक्ष नाम सिफारिस समितिको बैठकले कमल प्रसाद रेग्मी, चिरन्जिवी चापागाई, दामोदर बसौला, रामशरण पुडासैनी र सरद ओझा को नाम सर्टलिष्टमा राखेको छ । उनीहरुको अन्तर्वार्ता १० गते रहेको छ । प्राधिकरणको अध्यक्षका लागि १२ जनाको आवेदन परेको थियो ।

होटल मर्क्योर आफ्नो पाहूनामा समर्पित

होटल मर्क्योर आफ्नो पाहूनामा समर्पित काठमाण्डौ को सूकेधारामा निर्माण भएको होटल मर्क्योरले आफ्नो सेवा संचालन गरेको छ । भ्यालेन्टाइन डेको अबसरमा मर्क्योर होटल ले अझ बिशेष कार्यक्रम गर्यो । काठमाडौँ सुकेधारा हाइट्समा रहेको यो होटल रहेको छ ।१९७३ मा स्थापना भएदेखि नै मर्क्योर कुनै पनि ठाउँको मौलिकता उजागर गर्न र त्यस स्थानको गहिरो भावनाले भरिएका उच्च गुणस्तरीय मापदण्डहरू प्रदान गर्न होटल समर्पित रहेको छ। चाहे त्यो रियो होस्, पेरिस र बैंकक होस वा विश्वका अरू गन्तव्यहरू नै किन नहोस आफ्नो डिस्कभर लोकल कार्यक्रम मार्फत् मर्क्योरले पाहुनाहरूलाई स्थानीयताको महसुस हुने गरी स्वागत गर्ने गर्दछ । सजावट कलादेखि स्थानीय खाना र पेय…

राष्ट्र बैंकले २१९ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने

राष्ट्र बैंकले २१९ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने नेपाल राष्ट्र बैंकले विभिन्न कोषहरूमा रहेको २ अर्ब १९ करोड रुपैयाँ बराबरको रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई आफूले लिन चाहेको रकम र ब्याजदर प्रस्ताव गर्न आग्रह गरेको हो । केन्द्रीय बैंकले सो रकम एक वर्षका लागि मुद्दती निक्षेपमा राख्न चाहेको हो । बैंकका अनुसार ‘क’ वर्गका वाणिज्य बैंकमा १ अर्ब ७५ करोड २० लाख, ‘ख’ वर्गका बैंकले ३२ करोड ८५ लाख र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा १० करोड ९५ लाख बराबरको रकम मुद्दती निक्षेपमा राख्न खोजेको…

हकप्रद सेयर निष्कासन गर्दै सात इन्स्योरेन्स

हकप्रद सेयर निष्कासन गर्दै सात इन्स्योरेन्स सात इन्स्योरेन्स कम्पनीले हकप्रद सेयर दिने भएका छन् । जसमा चार वटा निर्जीवन बीमा छन् भने बाँकी तीन जीवन बीमा कम्पनी रहेका छन् । युनाइटेड अजोड, सानिमा जिआइसी, प्रभु, नेपाल इन्स्योरेन्स, प्रभु महालक्ष्मी, सन नेपाल र एसियन लाइफ इन्स्योरेन्सले हकप्रद सेयर निष्कासनको अनुमति मागेका छन्। युनाइटेड अजोडले १५ प्रतिशत हकप्रद सेयर बिक्री गर्न गत असोजमा बोर्डसँग अनुमति मागेको छ। कम्पनीले १:०.१५ अनुपातमा ३१ लाख ५० हजार कित्ता हकप्रद सेयर बिक्री गर्ने भएको छ।कम्पनीको सेयर रजिष्ट्रारमा लक्ष्मी सनराइज क्यापिटल छ। सानिमा जिआइसीले २५ प्रतिशत हकप्रद सेयर बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।कम्पनीले १०:२.५…

केबलकारले नागरिकको जीवनस्तरमा सुधार ल्याउँछ : ढकाल

केबलकारले नागरिकको जीवनस्तरमा सुधार ल्याउँछ : ढकाल कोसी प्रदेशको दुर्गम हिमाली जिल्ला ताप्लेजुङमा रहेको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरसम्म पुग्न निर्माण हुन लागेको पाथीभरा केबलकार अहिले चर्चाको विषय बनेको छ । पाथीभरामा केबलकार बनाउँदा मन्दिरको एैतिहासिकता र पहिचान गुम्ने भन्दै सामाजिक सञ्जालमा दुस्प्रचार गरिएको देखिन्छ । पाथिभरामा केबलकार निर्माणको प्रसंग चार दशक अघि उठे पनि २०७२ मा पाथीभरा देवी दर्शन केवलकार प्रालिको स्थापना भएको हो । यस आयोजनाले २०७५ सालमा नेपाल सरकार मन्त्रीपरिषद्को निर्णयअनुसार केबलकार निर्माणको अनुमती लिएको थियो । करिब दुईवर्ष अघि पाथीभरा केबलकारमा आइएमई समूहको प्रवेशसँगै यो आयोजना निर्माणले गति लिन थालेको छ । नेपाल सरकारबाट प्राप्त गर्नुपर्ने सबै…

घरायसी प्रयोजनकाे ग्यासमा अनुदान दिने तयारी

घरायसी प्रयोजनकाे ग्यासमा अनुदान दिने तयारी नेपाल आयल निगमले एलपी ग्यास व्यावसायिक र घरायसी प्रयोजनका लागि परल मूल्यमा बिक्री गर्ने तयारी गरेको छ । घरायसी प्रयोजनमा खपत हुने ग्यासमा अनुदान दिन सफ्टवेयर प्रणाली निर्माण अघि बढाएको निगमका प्रवक्ता मनोज ठाकुरले बताए । घरायसी प्रयोजनमा एलपी ग्यास उपयोग गर्ने उपभोक्तालाई अनुदान दिनका लागि निगमले राष्ट्रिय वाणिज्य बैंकको सहकार्यमा अहिले सफ्टवेयर निर्माण थालिएको उनको भनाइ छ । ‘घरायसी प्रयोगकर्तालाई अनुदान उपलब्ध गराउनेबारे राष्ट्रिय वाणिज्य बैंकसँग छलफल गर्‍यौँ ,’ उनले भने, ‘छलफलमा घरायसी प्रयोजनमा एक परिवारले वार्षिक रूपमा खपत गर्ने सिलिण्डर संख्या तोकेर सोहीअनुसारको अनुदान रकम सफ्टवेयरमार्फत उपलब्ध गराउने निर्णय भएको र अहिले…