ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सको उपलक्ष्यमा ३५छात्रालाई सुबर्ण अबसर

ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सको उपलक्ष्यमा ३५ छात्रालाई सुबर्ण अबसर ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८ औं वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत उत्तरदायित्व अन्तर्गत ग्लोबल आइएमई बैंकले छात्रालाई छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिएको छ । पौष १८ गते बिहीबार देखि स्थापनाको १८ औं वर्ष पूरा गरी १९ औं वर्षमा प्रवेश गर्दैछ । ग्लोबल आइएमई छात्रालाई छात्रवृत्ति कार्यक्रमअन्तर्गत बैंकले विभिन्न सामुदायिक तथा सरकारी विद्यालयबाट कक्षा ६ उत्तीर्ण गरी कक्षा ७ मा प्रवेश गरेका विपन्नवर्गका जेहेन्दार छात्राहरुलाई छात्रवृत्ति प्रदान गरेको छ । ग्लोबल आइएमई बैंक निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३८४ एटिएम, २३७ शाखा रहित बैंकिङ्ग सेवा,…

कैलालीकाे चिसापानीमा जालपादेवी केबलकार शिलान्यास

कैलालीकाे चिसापानीमा जालपादेवी केबलकार शिलान्यास कैलाली जिल्लाको चिसापानीमा निर्माण हुने जालपादेवी केबलकारको शिलान्यास भएको छ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले लम्कीचुहाँ नगरपालिका-३ स्थित कर्णाली चिसापानीमा ३.१ किलोमिटर लामो केबलकारको शनिबार शिलान्यास गरेकी हुन् । शिलान्यास कार्यक्रममा बोल्दै परराष्ट्रमन्त्री डा. राणाले जालपादेवी केबलकारको निर्माणले समग्र सुदूरपश्चिम प्रदेशको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासमा उल्लेख्य भूमिका खेल्ने बताइन् । उनले उक्त आयोजनालाई समयमै सम्पन्न गर्नका लागि आवश्यक सहयोगका लागि सबैमा अपिल गरिन् । ‘काठमाडौंको चन्द्रागिरिसहित नेपालका सातै प्रदेशमा केबलकार तथा पर्यटन पूर्वाधारहरू निर्माण गरिरहेको आईएमई ग्रुपजस्तो व्यावसायिक समूहलाई सुदूरपश्चिम प्रदेशमा हार्दिक स्वागत गर्न चाहन्छु, यहाँहरूको दक्षता, अनुभव र क्षमता अनुसार यो केबलकार…

मोतिहारी–अमलेखगञ्ज पाइपलाइनबाट पेट्रोलियम पदार्थ आयात सुरु

मोतिहारी–अमलेखगञ्ज पाइपलाइनबाट पेट्रोलियम पदार्थ आयात सुरु भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पाइपलाइनबाट पेट्रोलियम पदार्थ आयात गर्न परीक्षण सुरुआत भएको छ । मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन विस्तारको सम्पूर्ण काम सकिएको र परीक्षणका लागि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल आयात गर्न थालिएको नेपाल आयल निगम मधेस प्रादेशिक कार्यालय अमलेखगञ्जका प्रमुख प्रलयंकर आचार्यले जानकारी दिए। 'पाइपलाइन परीक्षण गर्न तत्कालका लागि विस्तार गरिएको पाइपलाइनबाटै पेट्रोल पाँच हजार पाँच सय केएल र एक हजार केएल मट्टितेल ल्याएका छौँ', प्रमुख आचार्यले भने, 'पाइपलाइनबाट ल्याइएको पेट्रोलियम पदार्थको परीक्षण भइरहेको छ ।'

समानीकरण अनुदान कटौती नगर्न माग

समानीकरण अनुदान कटौती नगर्न माग स्थानीय तहका जनप्रतिनिधिहरूले सरकारसँग समानीकरण अनुदान कटौती नगर्न ध्यानाकर्षण गराएका छन् । अघिल्लो वर्ष बजेटमै अनुदान कटौती गर्न सक्ने प्रावधान ल्याएर सरकारले आर्थिक वर्षको अन्तिम किस्ता कटौती गरेको थियो । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माण सुरु गर्ने बेलामा नै जनप्रतिनिधिले अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई ध्यानाकर्षण गराएको गाउँपालिका राष्ट्रिय महासंघले जनाएको छ । विगत वर्षझैं समानीकरण अनुदान कटौती नगर्न तथा अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ संशोधन लगायतका विषयमा स्थानीय सरकारका नेतृत्वले बिहीबार ध्यानाकर्षण गराएको महासंघले जनाएको छ । अर्थ मन्त्रीलाई नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघको नेतृत्वको टोलीले ध्यानाकर्षण गराएको हो ।

क्लोजअप बन्यो भ्वाइस अफ नेपालको मुख्य प्रायोजक

क्लोजअप बन्यो भ्वाइस अफ नेपालको मुख्य प्रायोजक, संगीत क्षेत्रमा फ्रेस प्रतिभाको खोजी युनिलिभर नेपालको लोकप्रिय ब्राण्ड क्लोजअपले भ्वाइस अफ नेपालको नयाँ सिजन प्रायोजन गर्ने भएकाे छ । ताजापनको प्रतीक मानिने क्लोजअपले भ्वाइस अफ नेपालसँग सहकार्य गर्दै नयाँ प्रतिभाहरुलाई अवसर र प्रेरणा प्रदान गर्न लागेको हो । भ्वाइस अफ नेपाल आफ्नो सुरुवात कालनै नयाँ र फ्रेश गायक–गायिकाहरुको प्रतिभा उजागर गर्दै उनीहरुलाई नेपाली संगीत क्षेत्रमा स्थापित गराउने उद्देश्यले अग्रसर हुँदै आएको छ । क्लोजअप र भ्वाइस अफ नेपालको यो सहकार्यले प्रतियोगीहरुमा समेत थप आत्मविश्वास, ऊर्जा र ताजापन भर्ने विश्वास गरिएको छ । युनिलिभर नेपालका मार्केटिङ हेड सौरभ कारञ्जीत भन्छन्– 'क्लोजअप सधैं आफ्ना…

‘सहकारी नियमन प्राधिकरण’ गठन गर्न अध्यादेश !

‘सहकारी नियमन प्राधिकरण’ गठन गर्न अध्यादेश ! ‘सहकारी नियमन प्राधिकरण’ गठनले पूर्णता पाउने भएको छ । सरकारले सहकारी ऐनको संशोधन अध्यादेश पारित गर्दै प्राधिकरण गठनको प्रक्रिया अघि बढाएको छ । उक्त अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृत गरेपछि कार्यान्वयनमा आउनेछ । राष्ट्रपतिबाट पारित भएको एक महिना भित्रै प्राधिकरण गठन गरिने भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको तयारी रहेको मन्त्रालयका प्रवक्ता गणेशप्रसाद भट्टले जानकारी दिए । ‘मन्त्रिपरिषद्ले सहकारी ऐन संशोधनको अध्यादेश पारित गरिसकेको छ । उक्त अध्यादेशले प्राधिकरण गठन गर्ने प्रस्ताव गरेको छ’, उनले भने, ‘राष्ट्रपतिबाट उक्त अध्यादेश पारित भएपछि एक महिनाभित्रैमा प्राधिकरण गठन गर्ने मन्त्रालयको तयारी छ ।’ प्रवक्ता भट्टका…

भ्रामक समाचारको पछि नलाग्न इसेवाको आग्रह

भ्रामक समाचारको पछि नलाग्न इसेवाको आग्रह पछिल्ला केही दिनदेखि सामाजिक सञ्जालमा केहि समाचार पोर्टलहरूमाइसेवाबाट रकम चोरी भएको तथा इसेवामा रकम सुरक्षित नभएको जस्ता भ्रामक रआधारहीन समाचारहरू प्रकाशित भएका छ । यस्ता भ्रामक समाचारको पछि नलाग्नआफ्ना ग्राहक तथा प्रयोगकर्तालाई इसेवाले अनुरोध गरेको छ । केही अनलाइनसमाचार पोर्टलहरू इसेवाको सिस्टम ह्याक भई रकम चोरी भएको भनीप्रकाशित खबरहरुले इसेवा प्रयोगकर्ताहरुमा अनावश्यक त्रास र भ्रम सिर्जनाभएकोमा इसेवाको गम्भीर आपत्ती रहेको छ ।इसेवाको १६ वर्षको इतिहासमा इसेवाले आफ्नो सिस्टम प्रणालीलाईलिएर कुनै कमी नराखेको समेत आफ्ना ग्राहक बर्गलाई जानकारी गरेको छ । आम जनतालाई यस्ता भ्रामक समाचारहरूको विश्वास नगरी सत्य तथ्यमा विश्वासगर्न इसेवा आग्रह गर्दछ ।…

विद्युत् वितरण प्रणाली सुधारमा ७२ अर्ब ९३ करोड रुपैयाँको लगानी !

विद्युत् वितरण प्रणाली सुधारमा ७२ अर्ब ९३ करोड रुपैयाँको लगानी ! देशभित्रको विद्युत् आपूर्ति भरपर्दो तथा गुणस्तरीय बनाउन र छिमेकी देशसँगको विद्युत् प्रसारण र वितरण प्रणाली विस्तार, सुधार एवम् आधुनिकीकरण गर्न करिब ७२ अर्ब ९३ लाख रुपैयाँ (५३ करोड ७० लाख अमेरिकी डलर) को लगानी जुटेको छ । विद्युत् प्रसारण र वितरण प्रणाली विस्तार एवम् सुधारका लागि एसियाली विकास बैंक (एडिबी)ले ३१ करोड १० लाख डलर (४२ अर्ब २४ करोड रुपैयाँ) सहुलितपूर्ण ऋण र ३ करोड डलर (४ अर्ब ७ करोड रुपैयाँ) अनुदान उपलब्ध गराउने छ । युरोपेली युनियनले २ करोड २६ लाख डलर ९३ अर्ब ६ करोड रुपैयाँ) र…

रवि लामिछाने सांसद पदबाट निलम्बित

रवि लामिछाने सांसद पदबाट निलम्बित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई सांसदबाट निलम्बन गरिएको छ । प्रतिनिधिसभाका महासचिव पद्मप्रसाद पाण्डेयले सूचना प्रकाशित गर्दै ‘मुद्दाको किनारा नभएसम्म निलम्बन भएको मानिने’ कानूनी व्यवस्था अवगत गराएका छन् । लामिछाने चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद तथा रास्वपा संसदीय दलका नेता समेत हुन् । प्रहरीले उनीविरुद्ध हिजो सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणमा मुद्दा दायर गरेको छ । संसद सचिवालयको सूचनामा रविलाई निलम्बन गर्न सम्पत्ति सुद्धीकरण ऐनलाई आधार लिइएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीको सभामुखलाई पत्र आएको र सम्पत्ति शुद्धीकरण निवारण ऐनअनुसार मुद्दाको किनारा नभएसम्म निलम्बनमा रहने सूचनामा इङ्गित गरिएको…

पाँच महिनामा २० अर्ब ६६ करोड विदेशी लगानी प्रतिबद्धता

पाँच महिनामा २० अर्ब ६६ करोड विदेशी लगानी प्रतिबद्धता चालु आर्थिक वर्ष २०८१/८२ को मंसिरसम्म २० अर्ब ७७ करोड रुपैयाँ वैदेशिक लगानीको प्रतिबद्धता आएको छ । उद्योग विभागका अनुसार साउनदेखि मंसिरसम्म अटोमेटिक रुटबाट २ अर्ब १३ करोड रुपैयाँ लगानीका लागि प्रतिबद्धता आएको छ । अप्रुभल रुटबाट १८ अर्ब ६४ करोड रुपैयाँ बराबर एफडीआई प्रतिबद्धता आएको छ । गत आवको मंसिरसम्म २० अर्ब ६१ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको थियो । मंसिरसम्म ३ सय १९ उद्योग दर्ता भएका छन् । यसमध्ये अटोमेटिक रुटबाट १३८ र अप्रुभल रुटबाट १८१ उद्योग दर्ता भएको विभागले जनाएको छ । दर्ता भएकामध्ये ३१२ साना…