नेपाल बैंकर्स संघको अध्यक्षमा सन्तोष कोइराला निर्विरोध

नेपाल बैंकर्स संघको अध्यक्षमा सन्तोष कोइराला निर्विरोध वाणिज्य बैंकहरूको संस्था नेपाल बैंकर्ससंघको अध्यक्षमा सन्तोष कोइराला निर्विरोध भएका छन् । अध्यक्ष कोइराला माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत हुन् ।संघको नयाँ कार्य समितिका लागि उम्मेदवार दिने म्याद सोमबार सम्म थियो ।अध्यक्षमा कोइरालाको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध अध्यक्ष भएका हुन् । प्रभु बैंकका सीईओ अशोक शेरचनले अध्यक्षमा उम्मेदवारी दर्ता गराए पनि उनले आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए । शेरचनको उम्मेदवारी फिर्ता सँगै कोइराला संघको अध्यक्षमा सर्वसम्मत चयन भए। संघको उपाध्यक्षमा ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र रेग्मीको मात्रै उम्मेदवारी परेको छ । उनी पनि सर्वसम्मत रूपमा उपाध्यक्ष चयन भएका छन् ।संघमा…

नेपाल टेलिकमले गर्यो जनहितका लागि सुचना

नेपाल टेलिकमले गर्यो जनहितका लागि सुचना नेपाल टेलिकमको नाम र लोगोसहित 'नेपाल टेलिकम - क्रिसमस गिफ्ट' नाम दिएर पुरस्कार दिने दाबी गर्दै सामाजिक सञ्जालमा स्पाम लिङ्क फैलिरहेको पाइएको छ ।यस्ता लिङ्कहरूमा भाइरस हुने सम्भावना धेरै हुन्छ । यदि लिङ्कमा क्लिक गरियो भने ह्याकरले तपाईँको पासवर्ड लगायतका संवेदनशील विवरणहरू चोरी गर्न सक्छन् । यसबाट बच्न उक्त शङ्कास्पद लिङ्कमा क्लिक नगर्नुहोस् र साथीहरुलाई पनि नपठाउनुस ।नेपाल टेलिकमले सुचना जारी गरेको छ ।

‘निजी लगानीलाई सरकारले प्रोत्साहन गरिरहेको छ’

'निजी लगानीलाई सरकारले प्रोत्साहन गरिरहेको छ' उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्वदेशी र विदेशी निजी लगानीलाई सरकारले प्रोत्साहन गरिरहेको बताएका छन् । थाइल्याण्डको राजधानी बैंककमा आयोजित एसिया र प्रशान्त क्षेत्रमा विकासका लागि वित्त सम्बन्धी उच्चस्तरीय क्षेत्रीय परामर्श बैठकको समापनमा अध्यक्षका हैसियतले बोल्दै अर्थमन्त्री पौडेलले एसिया र प्रशान्त क्षेत्रमा सार्वजनिक पुँजीले मात्र वित्तीय आवश्यकता पूरा गर्न नसक्ने भएकाले निजी पुँजीको बिस्तार र परिचालनलाई प्रोत्साहन गर्नुपर्ने बताएका हुन् । सहुलियतपूर्ण वित्तीय स्रोत परिचालनको माध्यमबाट निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिँदै अर्थमन्त्री पौडेलले विकासका लागि निजी पुँजी परिचालन आवश्यक भएको धारणा व्यक्त गरे । त्यसका लागि एसिया र प्रशान्त क्षेत्रका देशबिच सहकार्य गर्न…

शेयर बजारमा ५ अंकको गिरावट

शेयर बजारमा ५ अंकको गिरावट नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बुधबार सामान्य अंकको गिरावट भएको छ । आज नेप्से ५.६० अंकले घटेर २ हजार ६ सय २८ दशमलव २६ विन्दुमा बन्द भएको हो । नेप्सेका अनुसार आज ४ अर्ब २७ करोड बराबरको कारोबार भएको छ । आजको कारोबारमा ८१ कम्पनीको शेयरमूल्य बढ्दा १४९ को घट्यो । १२ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । दुई कम्पनीको शेयरमूल्यमा भने उच्च वृद्धि भएको छ । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेको छ । कुथेली बुखेरी स्मल हाइड्रोपावर लिमिटेडको शेयरमूल्य ९.९०…

राजविराज विमानस्थलबाट रात्रिकालीन उडान

राजविराज विमानस्थलबाट रात्रिकालीन उडान राजविराज विमानस्थलबाट रात्रिकालीन विमान सेवा सञ्चालनका लागि परीक्षण उडान गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री बद्रीप्रसाद पाण्डेले सोमबार एक कार्यक्रमबीच परीक्षण उडान सुरुवात गरेका हुन् । राजविराजबाट काठमाडौं रात्रिकालीन विमान सेवा सञ्चालनबाट पर्यटनको विकास हुनुका साथै अर्थतन्त्र पनि बलियो हुने मन्त्री पाण्डेको भनाइ छ । भविष्यमा राजविराज–पोखरा विमान सञ्चालन गर्ने उद्देश्यका साथ काम भइरहेको उनले बताए । ‘राजविराजवाट पोखरा विमान संचालनमा आए यसले पर्यटन विकासका साथै अर्थतन्त्रमा पनि टेवा पुग्नेछ,’ उनले भने ।

Read more about the article चीनमा वार्षिक डेढ अर्ब अमेरिकी डलरको राँगाभैँसीको मासु निर्यात गर्ने समझदारी
काठमाडौँ, १ पुस : सम्झौतापत्रमा हस्ताक्षर गर्दै हिमालयन फूड इन्टरनेशनल प्रालि नेपाल र साङ्घाइ जि याङ फूड कर्पोरेसन चीनबीच आज राजधानीमा आयोजित कार्यक्रममा राँगाको मासु निर्यात गर्ने विषयमा सम्झौतापत्रमा हस्ताक्षर गर्दै दुई संस्थाका प्रतिनिधि । तस्बिर : हरिराम भेटुवाल/रासस

चीनमा वार्षिक डेढ अर्ब अमेरिकी डलरको राँगाभैँसीको मासु निर्यात गर्ने समझदारी

चीनमा वार्षिक डेढ अर्ब अमेरिकी डलरको राँगाभैँसीको मासु निर्यात गर्ने समझदारी नेपाल र चीनका निजी क्षेत्रबीच नेपालबाट वार्षिक डेढ अर्ब अमेरिकी डलरको राँगाभैँसीको मासु निर्यात गर्नेसम्बन्धी समझदारी भएको छ । काठमाडाैंमा साेमबार आयोजित कार्यक्रममा नेपालको हिमालयन फुड इन्टरनेशनल र चीनको साङ्घाई जियान फुड कम्पनी लिमिटेडबीच यससम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीसँगै उक्त कम्पनीले पहिलो चरणमा वार्षिक उक्त मूल्य बराबरको मासु निर्यात गर्ने लक्ष्य राखेको छ । चीनमा वार्षिक २७ लाख मेक्टिक्टन मासु आयात हुने तथ्याङ्क छ । हिमालयन फुड इन्टरनेशनलको सहकार्यमा ६ अर्ब लागतमा पूर्ण स्वचालित आधुनिक पशु वधशाला आउँदो छ महिनाभित्र निर्माण सम्पन्न गर्ने समझदारी बनेको छ ।…

उद्योगहरूमा दैनिक ८ घण्टा लोडसेडिङ !

उद्योगहरूमा दैनिक ८ घण्टा लोडसेडिङ ! नेपाल विद्युत् प्राधिकरणले उद्योगहरूमा दैनिक ८ घण्टा लोडसेडिङ गर्न थालेको छ । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन पूर्ण रूपमा बन्द भएको तथा पिक आवरमा भारतबाट विद्युत् आयात गर्न नसकिएको कारण देखाउँदै प्राधिकरणले उद्योगहरूमा लोडसेडिङ सुरु गरेको हो । अघिल्ला वर्षहरूमा पुसपछि मात्रै उद्योगहरूमा विद्युत् कटौती हुने गरे पनि यसपटक भने मंसिरको मध्यदेखि नै विद्युत् कटौती सुरु भएको हो । ‘बाढीले क्षति पुर्‍याएको पिकिङ रन अफ द रिभर आयोजना मर्मतका लागि अहिले पूर्ण रूपमा बन्द छ, भारतबाट पनि पिक आवरमा विद्युत् आयात हुन सकेको छैन, त्यसले औद्योगिक क्षेत्रमा केही घण्टा विद्युत् कटौती गर्नुपर्ने अवस्था…

पर्वतीय क्षेत्रहरूको संरक्षणका लागि पहाडी राष्ट्रहरूको समूह गठन गर्न आह्वान

पर्वतीय क्षेत्रहरूको संरक्षणका लागि पहाडी राष्ट्रहरूको समूह गठन गर्न आह्वान ‘नेपाल वैकल्पिक विवाद समाधान सप्ताह २०२४’ आइतबार समापन भएको छ । ललितपुरको गोदावरीमा भएकाे सम्मेलनले १३ बुँदे घोषणापत्र जारी गरेको छ । नेपाल अन्तर्राष्ट्रिय एडीआर केन्द्रको आयोजनामा बिहीबार सुरु भएको सम्मेलनपछि जारी घोषणापत्रमा सिंगापुर कन्भेन्सनमा हस्ताक्षर र अनुमोदन गर्न, हिमाल संरक्षण र हरित मध्यस्थता प्रवर्द्धन गर्न सहयोग गर्न, न्यायमा पहुँच सुधार गर्न अनलाइन विवाद समाधान प्रणाली र प्रविधिको विकास गर्न, पर्वतीय क्षेत्रहरूको संरक्षणका लागि पहाडी राष्ट्रहरूको समूह गठन गर्न विशेष रुपमा आह्वान गरिएको छ । सप्ताहमा विवाद समाधानमा संलग्न विभिन्न देशका संस्था, विषय विज्ञ तथा व्यवसायीहरूको सहभागितामा मध्यस्थता र मेलमिलापका…

इसेवा होटल्स सुरु

इसेवा होटल्स सुरु इसेवाले सेवा विस्तारको क्रममा अर्काे महत्वपूर्ण सेवा– इसेवा होटल्स सुरु गरेकाे छ । इसेवा होटल्स एउटा यस्तो डिजिटल सेवा हो जसको माध्यमबाट प्रयोगकर्ताहरुले सजिलै होटल बुक गर्न सक्छन् । नेपालको ५४+ जिल्लाहरुका प्रमुख शहरहरुमा अवस्थित साना, मझौला तथा ठूला होटलहरु एकै ठाँउबाट सजिलै बुक गर्न सकिने इसेवा होटल्स हालको समयमा होटल बुकिंगको लागि एकदम लोकप्रिय बन्दै गएको छ । सहरी क्षेत्रमा रहेका तारे होटलहरु देखि लिएर ग्रामिण भेगमा अवस्थित होम स्टेसम्म बुक गर्न सकिने इसेवा होटल्समा करिव ३५०० भन्दा बढी होटलहरु छन्, जुन प्रयोगकर्ताहरुले इसेवा एप वा इसेवा होटल्सको वेभसाइटबाट बिना झन्झट छिनभरमा बुक गर्न सक्छन् ।…

काराेबारकाे अन्तिम दिन नेप्सेमा दाेहाेराे अङ्ककाे गिरावट

काराेबारकाे अन्तिम दिन नेप्सेमा दाेहाेराे अङ्ककाे गिरावट साताको कारोबारको अन्तिम दिन आज बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दोहोरो अंकको गिरावट भएको छ । नेप्से आज ३३.४२ अंकले घटेर २ हजार ६८२ दशमलव २९ विन्दुमा बन्द भएको हो । नेप्सेका अनुसार आज ६ अर्ब १४ करोड ४० लाख ६५ हजार बराबरको कारोबार भएको छ । आजको कारोबारमा ४० वटा कम्पनीको शेयरमूल्य बढेको छ भने २०४ वटा कम्पनीको शेयरमूल्य घटेको छ । आजको कारोबारमा जानकी फाइनान्स कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज यस कम्पनीको नै सर्वाधिक कारोबार भएको नेप्सेले जनाएको छ ।