छाला उद्योगको जग्गा व्यक्तिको नाममा ल्याएको आराेपमा अरुण चाैधरी पक्राउ

छाला उद्योगको जग्गा व्यक्तिको नाममा ल्याएको आराेपमा अरुण चाैधरी पक्राउ उद्याेगी व्यवसायीकाे आपत्ति, धरपकड नगर्न चेतावनी बाँसबारी छाला उद्योगको जग्गा व्यक्तिको नाममा ल्याएको प्रकरणमा सीआइबीले व्यवसायी अरुण चौधरीलाई पक्राउ गरेको छ । छाला उद्योगको १० रोपनी जग्गा हडपेर चाँदबाग विद्यालयको नाममा ल्याएको आरोपमा उनलाई पक्राउ गरिएको सीआइबी स्रोतले जनायो । चौधरीसँगै छाला उद्योगका पदाधिकारी अजितनारायण सिंह थापा पनि पक्राउ परेका छन् । २०४२ देखि विभिन्न मितिमा बाँसबारी छाला जुत्ता कारखानाको जग्गा छालाजुत्ता कारखानाको पन्चायतकालको सन्चालक समिति निर्णयको आडमा चौधरी र थापालगायतले हडपेको पाइएकाले पक्राउ गरिएको गृह मन्त्रालय स्रोतले जनाएको छ । उद्योगी व्यवसायीहरुले उद्यमी चौधरीलाई दोषी जसरी पक्राउ गरिँदा आफूहरु…

लालपूर्जा दिन चार हजार घुस लिने अमिनविरुद्ध मुद्दा

लालपूर्जा दिन चार हजार घुस लिने अमिनविरुद्ध मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चार हजार रुपैयाँ घुस लिने अमिन गोविन्द ढकालविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । नापी कार्यालय पश्चिम नवलपरासीमा अमिन पदमा कार्यरत गोविन्द ढकालले जग्गा नाँपजाँच गरी लालपुर्जा दिन सेवाग्राहीसँग चार हजार रुपैयाँ घुस लिएको पुष्टि भएपछि उनीविरुद्ध मुद्दा दर्ता गरेको अख्तियारले जनाएको छ । आयोगको बुटवल कार्यालयबाट खटिएको टोलीले अमिन ढकाललाई घुस रकमसहित पक्राउ गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जनाएका छन् ।

दोहोरो अंकले घट्याे सेयर बजार

दोहोरो अंकले घट्याे सेयर बजार साताकाे चाैथाे दिन सेयर बजार दोहोरो अंकले घटेको छ । आइतबारदेखि दोहोरो अंकले बढ्दै आएको नेप्से परिसूचक चौथो दिन बुधबार २१.६७ अंकले घटेर २०९७.९३ बिन्दुमा अडिएको हो । बुधबार बजारमा १ करोड ४७ लाख ७७ हजार १२० कित्ता शेयरको खरिदबिक्री हुँदा ५ अर्ब २९ करोड ५६ लाख ५ हजार रुपैयाँको कारोबार भएको छ । गत सोमबार मात्रै १० अंकले बढेर २१ सयको बिन्दुमाथि पुगेको परिसूचक आज २१ अंकले घटेर २१ सयको बिन्दुभन्दा तल झरेको हो । आजको कारोबारमा समलिङ पावर कम्पनी, मन्दकीनी हाइड्रोपावर र पिपुल्स पावर लिमिटेडका लगानीकर्ताले सार्वधिक नाफा कमाएका छन् भने मेँछियम हाइड्रोपावर…

कर प्रणाली सुधार्न मोरङ व्यापार संघकाे सुझाव

कर प्रणाली सुधार्न मोरङ व्यापार संघकाे सुझाव काठमाडौँ । मोरङ व्यापार संघले कर प्रणाली सुधारका लागि विभिन्न सुझाव पेस गरेको छ । कर प्रणाली सुधारका लागि सरकाद्वारा गठित उच्चस्तरीय सुझाव समितिद्वारा आयोजित अन्तरक्रियात्मक कार्यक्रममार्फत संघले सुझाव बुझाएको हो । संगठनका अध्यक्ष नवीन रिजालको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलले बुझाएको सुझावमा सीमा नाकाबाट हुने विशेषगरी विभिन्न १७ वटा दैनिक उपभोग्य सामग्रीहरूको मूल्याङ्कन तथा भन्सार महसुल दर घटाउनुपर्ने उल्लेख छ । साथै, देश भरीका जिल्ला/नगर उद्योग वाणिज्य सङ्घहरूबाट सङ्कलित निजी क्षेत्रका उद्योग/व्यवसाय प्रतिष्ठानहरूको हकहित सम्बन्धी सुझाव समेत संघले दिएको छ । यसबाहेक, मोरङ–सुनसरी औद्योगिक कोरिडोरका उद्योग/व्यवसाय प्रतिष्ठानहरूका राजस्व सम्बन्धी विभिन्न सुझावहरू संकलन गरी आयोग…

श्री एयरलाइन्सकाे पर्वतीय उडान

श्री एयरलाइन्सकाे पर्वतीय उडान श्री एयरलाइन्सले सोमबार नेपालगन्ज विमानस्थलबाट चीनको तिब्बतस्थित कैलाश पर्वत तथा मानसरोवर दर्शनका लागि पर्वतीय उडान गरेको छ । नेपाल भूभागबाट यसरी उडान गरिएको यो पहिलो पटक भएको एयरलाइन्सले दाबी गरेकाे छ । टेमुप ट्रिप ग्रुप इन्डिया, सिद्धार्थ हस्पिटालिटी ग्रुप नेपालगन्ज र पठिल होलिडेज् काठमाडौँसँगको सहकार्यमा कैलाश तथा मानसरोवर दर्शन पर्वतीय उडान गरिएको श्री एयरलाइन्सले जनाएको छ । उक्त उडान क्याप्टेन प्रफुल्ल वैद्य तथा क्याप्टेन राजेश श्रेष्ठको नेतृत्वमा ४४ जना यात्रु र चालक दल ५ जनासमेत उडान गरिएको एयरलाइन्सका प्रबन्धक अनिल मानन्धरले जानकारी दिए । उनका अनुसार ३५ जनाको विन्डो सिटबाट कैलाश पर्वत तथा मानसरोवर दर्शन गर्न…

विमानस्थल भन्सारमा नि:शुल्क इन्टरनेटकाे सुविधा

विमानस्थल भन्सारमा नि:शुल्क इन्टरनेटकाे सुविधा त्रिभुवन विमानस्थल भन्सार कार्यालय र नेपाल टेलिकमबीच भन्सार एरियामा उच्च गतिको निःशुल्क फोन कल सुविधा उपलब्ध गराउन सम्झौता भएको छ । सम्झौता अनुसार भन्सार चेकजाँचपछि जुनसुकै यात्रुले आफ्नो पहिचान खुलाई निःशुल्क इन्टरनेट सेवा साथै फोन सेवा उपयोग गर्न सक्नेछन् । यसबाट नेपालको सिम कार्ड नभएका तथा फोन नभएका यात्रु, पर्यटक तथा सम्पूर्ण सेवाग्राही लाभान्वित हुने छन् । त्रिभुवन विमानस्थल कार्यालयका प्रमुख टोकराज पान्डेले अब यात्रुले आफ्नो पहिचान खुलाएपछि इन्टरनेट सेवा र फोन सेवा उपभोग गर्ने सक्ने बताए । उनले भने, ‘यसभन्दा पहिले यात्रुले भन्सारबाट बाहिर गएपछि मात्रै फोन र इन्टरनेट खोजेर प्रयोग गर्नु पर्ने बाध्यता…

लोमस फर्मास्युटिकल्सकाे सिटामोल गुणस्तरहीन

लोमस फर्मास्युटिकल्सकाे सिटामोल गुणस्तरहीन सीटी २०२३ ब्याचको ५०० एमजी पारासिटामोल ट्याबलेट बिक्रीमा राेक औषधि व्यवस्था विभागले लोमस फर्मास्युटिकल्सद्वारा उत्पादित सिटोफेन (पारासिटामोल) बिक्रीमा रोक लगाएको छ । कम्पनीको सीटी २०२३ ब्याचको ५०० एमजी पारासिटामोल ट्याबलेट गुणस्तरहीन रहेकाे भन्दै विभागले बिक्री वितरणमा रोक लगाएको हो । राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षणको क्रममा औषधि गुणस्तरहीन पाइएकाे भन्दै विभागले बिक्री-वितरण नगर्न र बजारबाट फिर्तासमेत ल्याउन निर्देशन दिएको छ ।

सडक व्यापारीद्वारा महानगरविरूद्ध आन्दोलनकाे घोषणा

सडक व्यापारीद्वारा महानगरविरूद्ध आन्दोलनकाे घोषणा अभियन्ता ई: सँग भएको सम्झौता विपरीत महानगरले फुटपाथ व्यवसायीमाथि गरेको धरपकडविरुद्ध संयुक्त स्वरोजगार सडक व्यापार व्यवसायी संघर्ष समितिले आन्दोलन घोषणा गरेको छ। समितिले १५ माघदेखि २८ माघसम्म चरणबद्ध आन्दोलन घोषणा गरेको हाे । समितिका अनुसार १५ माघमा महानगरमा ज्ञापनपत्र बुझाउने, १६ माघमा प्रर्दशनसहित महानगरपालिका कार्यालयमा धर्ना तथा घेराउ गर्ने, १७ माघमा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा ज्ञापनपत्र बुझाउने उल्लेख छ । यस्तै १८ माघमा गृह मन्त्रालय, १९ माघमा प्रधानमन्त्री कार्यालय, २१ माघमा नेकपा समाजवादी पार्टी कार्यालय, २२ माघमा नेकपा माओवादी केन्द्र पार्टी कार्यालय, २३ माघमा नेपाली कांग्रेस पार्टी कार्यालय र २४ माघमा नेकपा एमाले पार्टी कार्यालयमा…

लक्ष्मी सनराइज बैंकद्वारा ‘ओरेन्जएनएक्सटी’ सेवा सुरु

लक्ष्मी सनराइज बैंकद्वारा ‘ओरेन्जएनएक्सटी’ सेवा सुरु लक्ष्मी सनराइज बैंकले डिजिटल बैंकिङ्ग सेवा ‘ओरेन्जएनएक्सटी’ को सुरु गरेको छ । बैंकले आधुनिक बैंकिङ्ग आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले याे सेवाको सुरुवात गरेको हो । एफवानसफ्ट अन्तर्गतको फोनएनएक्सटीसँगको सहकार्यमा सुरू गरिएको ‘ओरेन्जएनएक्सटी’ सेवा नेपाली डिजिटल बैंकिङ्गको परिदृश्यको रूपान्तरणमा महत्वपूर्ण कदम रहेको बैंकले जनाएको छ । ओरेन्जएनएक्सटीले मोबाइल बैंकिङ्ग एपको माध्यमबाट सहज र पूर्ण डिजिटल अनुभव प्रदान गर्दै खाता खोल्नेदेखि मुद्दती खाता, गोलबेस डिपोजिट जस्ता वित्तीय व्यवस्थापनका उन्नत सुविधाहरू प्रदान गर्ने बैंकले जनाएको छ । बैंकका अनुसार परम्परागत मोबाइल बैंकिङ्ग सेवालाई समेत समानन्तर रूपमा विकास गर्दै, ओरेन्जएनएक्सटी मार्फत बैंकिङ्ग सेवा नपुगेका र विशेष गरी डिजिटल…

सिटिजन्स बैंक र पर्पल हेज रक बारबीच समझदारी

सिटिजन्स बैंक र पर्पल हेज रक बारबीच समझदारी सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ठमेल, काठमाडौंस्थित पर्पल हेज रक बार प्रा.लि बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले पर्पल हेज रक बारमा १०% सम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने बै‌ककाे विश्वास छ । बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट…