लक्ष्मी सनराइज बैंकद्वारा ‘ओरेन्जएनएक्सटी’ सेवा सुरु

लक्ष्मी सनराइज बैंकले डिजिटल बैंकिङ्ग सेवा ‘ओरेन्जएनएक्सटी’ को सुरु गरेको छ । बैंकले आधुनिक बैंकिङ्ग आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले याे सेवाको सुरुवात गरेको हो ।

एफवानसफ्ट अन्तर्गतको फोनएनएक्सटीसँगको सहकार्यमा सुरू गरिएको ‘ओरेन्जएनएक्सटी’ सेवा नेपाली डिजिटल बैंकिङ्गको परिदृश्यको रूपान्तरणमा महत्वपूर्ण कदम रहेको बैंकले जनाएको छ । ओरेन्जएनएक्सटीले मोबाइल बैंकिङ्ग एपको माध्यमबाट सहज र पूर्ण डिजिटल अनुभव प्रदान गर्दै खाता खोल्नेदेखि मुद्दती खाता, गोलबेस डिपोजिट जस्ता वित्तीय व्यवस्थापनका उन्नत सुविधाहरू प्रदान गर्ने बैंकले जनाएको छ ।

बैंकका अनुसार परम्परागत मोबाइल बैंकिङ्ग सेवालाई समेत समानन्तर रूपमा विकास गर्दै, ओरेन्जएनएक्सटी मार्फत बैंकिङ्ग सेवा नपुगेका र विशेष गरी डिजिटल प्रविधिमैत्री युवा तथा विदेशमा रहेका ग्राहकहरुलाई प्रभावकारी बैंकिङ्ग सेवा प्रदान गर्नेछ । छिटो र प्रभावकारी बैंकिङ्ग प्रदान गर्ने मूलभुत उद्देश्यले ओरेन्जएनएक्सटीको विकास गरिएको फोनएनएक्सटीका प्रमुख कार्यकारी अधिकृत सनतकुमार पौडेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

Leave a Reply

लक्ष्मी सनराइज बैंकद्वारा ‘ओरेन्जएनएक्सटी’ सेवा सुरु