लोमस फर्मास्युटिकल्सकाे सिटामोल गुणस्तरहीन
सीटी २०२३ ब्याचको ५०० एमजी पारासिटामोल ट्याबलेट बिक्रीमा राेक

औषधि व्यवस्था विभागले लोमस फर्मास्युटिकल्सद्वारा उत्पादित सिटोफेन (पारासिटामोल) बिक्रीमा रोक लगाएको छ । कम्पनीको सीटी २०२३ ब्याचको ५०० एमजी पारासिटामोल ट्याबलेट गुणस्तरहीन रहेकाे भन्दै विभागले बिक्री वितरणमा रोक लगाएको हो ।
राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षणको क्रममा औषधि गुणस्तरहीन पाइएकाे भन्दै विभागले बिक्री-वितरण नगर्न र बजारबाट फिर्तासमेत ल्याउन निर्देशन दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?
+1
+1
+1
+1
+1
+1
+1