एनआईसी एशिया बैंकको अचम्मको सहयोग

एनआईसी एशिया बैंकको अचम्मको सहयोग एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व मुलुकभरका विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा निर्माण गरेको पुस्तकालय भवनहरु मध्ये मधेश प्रदेशको पर्सा जिल्ला स्थित वीरगञ्ज महानगरपालिका–१४ मा रहेको श्री सिद्धार्थ माध्यमिक विद्यालयमा पुस्तकालय समुद्घाटन गरेको छ । विद्यार्थीहरुलाई आवश्यक शैक्षिक सामग्रीहरुउपलब्ध गराई अध्ययन अध्यापनमा सहयोग गर्न र विद्यालयमा उत्कृष्ट शैक्षिक वातावरण सिर्जना गर्ने प्रमुख उद्देश्यले बैंकको सहयोगमा सम्बन्धित विद्यालयसँगको सहभागितामा पुस्तकालय भवन निर्माण गरी उक्त विद्यालयलाई हस्तान्तरण गरिएको छ । उक्त पुस्तकालय समुद्घाटन समारोहमा उक्त विद्यालयका प्रधानाध्यापक बिनोद मेहताज्यू यस एन आई सी एशिया बैंक मधेश प्रदेश प्रमुख श्री अमीत केसीज्यू लगायत सम्बन्धित विद्यालय यस…

लोडसेडिङ हुन्छ भन्ने हल्लाको पछि नलागाैं : शाक्य

लोडसेडिङ हुन्छ भन्ने हल्लाको पछि नलागाैं : शाक्य नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले लोडसेडिङ हुन्छ भन्ने हल्लाको पछि नलाग्न आग्रह गरेका छन् । मंगलबार पदभार ग्रहण गर्दै उनले लोडसेडिङ नहुने कुरा एक हप्ताभित्रमै रिजल्ट देखाउने दाबी गरेका हुन् । पदभार ग्रहण पश्चात् पत्रकारहरूसँग कुरा गर्दै उनले भने, ‘२०७७ सालमा पनि लोडसेडिङ हुन्छ भनियो । त्यसबेला मैले डाटा लगेरै स्पष्ट पार्नु परेको थियो । र, आजका दिनमा पनि त्यो अवस्था कायमै छ । लोडसेडिङ हुन्छ भन्ने हल्ला मात्रै हो । मैले एक हप्ताभित्रमै लोडसेडिङ हुँदैन भनेर रिजल्ट देखाउँछु । उद्योगमा मात्रै लोडसेडिङ भइरहेको छ । यो पनि म…

कुलमान हटाएकाे विराेधमा प्रदर्शन

कुलमान हटाएकाे विराेधमा प्रदर्शन सरकारले विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट मात्रै ४ महिना कार्यकाल बाँकी हुँदा कुलमान घिसिङलाई हटाएको विरोधमा काठमाडाैंमा प्रदर्शन भएको छ । माओवादीका भातृसंगठन र राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले कुलमानको बर्खास्तीको चर्को विरोध गरेका छन् । उनीहरुले ‘काम गर्न दे सरकार’, ‘नेपाललाई अन्धकार होइन उज्यालो चाहिन्छ’ जस्ता प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले घिसिङलाई बर्खास्त गर्दै शाक्यलाई नियुक्त गरेको थियो ।

राष्ट्र बैंकतिर आँखा लगाएका ढुंगानाले नबिल बैंक छाडे

राष्ट्र बैंकतिर आँखा लगाएका ढुंगानाले नबिल बैंक छाडे काठमाडाैं । नेपाल राष्ट्रबैंकको गभर्नरको दौड चलिरहँदा प्रतिस्पर्धीको दौडधूप निकै रोचक देखिएको छ । प्रमुख सत्ता साझेदार दल एमाले र कांग्रेसको उच्च तहका नेताबीच गभर्नर कांग्रेसलाई दिने सहमति भएसँगै गभर्नरको सम्भावित अनुहारहरुको दौडधूप बढ्न थालेको हो । यही क्रममा गभर्नरको दौडमा निकै अगाडि रहेका र नियुक्तिको सम्भावना समेत देखिएका बैंकर ज्ञानेन्द्र ढुंगानाले नबिल बैंक छाडेका छन् । उनले आइतबारको मिति राखेर बैंकको प्रमुख कार्यकारी अधिकृतको पदबाट राजीनामा दिएका हुन् । उनी राजीनामा दिनुअघि समेत बैंकमा विदा लेखाएर गभर्नरको दौडमा सक्रिय थिए । गभर्नर एमाले वा कांगे्रस कसको भागमा पर्ने भन्ने कुरा निश्चित…

एनसेल नेपाल सुपर लिग सिजन ३ ले फुटबलको रोमाञ्च ल्याउने तयारी

एनसेल नेपाल सुपर लिग सिजन ३ ले फुटबलको रोमाञ्च ल्याउने तयारी हिमालय टिभी आधिकारिक प्रसारण साझेदारको रूपमा रहने भएको छ। एक औपचारिक कार्यक्रममा हिमालय टिभीले यो घोषणा गरेको हो २० मार्च, २०२५ – देशव्यापी फुटबल प्रशंसकहरूका लागि बहुप्रतीक्षित एनसेल नेपाल सुपर लिग सिजन ३ ले फुटबलको रोमाञ्च ल्याउने तयारी गरेको छ, जसमा हिमालय टिभी आधिकारिक प्रसारण साझेदारको रूपमा रहने भएको छ। एक औपचारिक कार्यक्रममा हिमालय टिभीले यो घोषणा गरेको हो। नेपालको प्रमुख टेलिभिजन च्यानलहरूमध्ये एक हिमालय टिभीले रोमाञ्चक क्षणहरू सहित सबै लिगका खेलहरूको प्रत्यक्ष प्रसारण गर्नेछ।नेपालको पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता एनएसएलले राष्ट्रिय फुटबललाई तीव्र गतिमा उचाईमा पुर्‍याएको छ। यो साझेदारीले…

उद्याेगहरुमा बिजुलीकाे हाहाकार

बक्यौता नतिर्ने उद्योगलाई पहिलो प्राथमिकतामा राखेर बिजुली काट्दै प्राधिकरण विद्युत प्राधिकरणले बक्यौता रकम नतिर्ने उद्योगलाई पहिलो प्राथमिकतामा राखेर लोड व्यवस्थापनका लागि विद्युत् कटौती गर्ने तयारी गरेको छ । चैत २ गते शनिबारदेखि औद्योगिक क्षेत्रमा विद्युत् व्यवस्थापन गर्न नेपाल विद्युत् प्राधिकरणलाई समस्या परेको छ । भारतबाट बिहान ६ देखि बेलुका ६ बजेसम्म मात्रै बिजुली आयात हुन थालेपछि विद्युत् व्यवस्थापनमा प्राधिकरणलाई समस्या भएको हो । जसका कारण औद्योगिक क्षेत्रमा दैनिक कम्तीमा १२ घण्टा लोडसेडिङ सुरु भएको गुनासो आउन थालेका छन् । भारतको केन्द्रीय विद्युत् प्राधिकरणले गत १९ नोभेम्बरमा नेपाललाई विद्युत् निर्यात अनुमति दिँदा नै १५ मार्चदेखि ‘सन आवर’ (बिहान ६ देखि साँझ…

बर्ली एयर कुलर नेपालमा भव्य रूपमा लन्च

बर्ली एयर कुलर नेपालमा भव्य रूपमा लन्च भारतको सबैभन्दा ठूलो इक्विपमेन्ट म्यानुफ्याक्चरर बर्ली होम एप्लायन्सले नेपालमा आधिकारिक रूपमा १७ आधुनिक एयर कुलरहरू सार्वजनिक गरेको छ । काठमाडौंको भिवान्ता होटलमा साेमबार आयोजना गरिएको कार्यक्रममा सीजी कर्प ग्लोबलका प्रबन्ध निर्देशक निर्वाण चौधरी र बर्ली होम एप्लायन्सका प्रबन्ध निर्देशक चिराग शर्माले उत्पादित वस्तुहरूको अनावरण गरे । कार्यक्रममा बर्ली होम एप्लायन्सका प्रबन्ध निर्देशक चिराग शर्माले नेपालमा सार्वजनिक गरिएका उत्पादनहरूको विशेषता र भविष्यमा बर्लीको थप नयाँ उत्पादनहरू नेपालमा प्रस्तुत गर्ने योजनाबारे चर्चा गरे । बर्लीका उत्पादनहरू उपयोगमा सरल, सुलभ मूल्यमा उपलब्ध र ग्राहकहरूको लागि उच्च मूल्य प्रदान गर्ने ख्याति राख्दछन् । बर्लीले नेपाली बजारमा प्रवेशसँगै…

चितवनबाट हराएको अटो मकवानपुरमा फेला

चितवनबाट हराएको अटो मकवानपुरमा फेला चितवनबाट माघ ७ गते हराएको तीन पाङ्ग्रे सवारी (अटो) मकवानपुरको मनहरी गाउँपालिका–९ मा फेला परेको छ । रत्ननगर नगरपालिका–१० बस्ने पुष्पमणि शर्माको बा.पं. ०३–०१ ह. १२२३ नम्बरको अटो मनहरी–९ स्थित ज्यामिरे नजिक फेला परेको इलाका प्रहरी कार्यालय मनहरी मकवानपुरले जानकारी दिएको छ । प्रहरी निरीक्षक विशाल सापकोटाका अनुसार बेवारिसे अवस्थामा अटो छाडेर चालक फरार भएका थिए । अटो हराएको सम्बन्धमा शर्माले इलाका प्रहरी कार्यालय मनहरीमा निवेदन दिएको र उक्त अटो फेला पारी सम्बन्धित अटोधनीलाई नै फिर्ता गरिएको प्रहरी निरीक्षक सापकोटाले बताउनुभयो ।चोरी भएको अटोमा प्र.०३–००१ ह २०६० नम्बरको प्लेट हालेर चलाएको पाइएको इलाका प्रहरी कार्यालय…

एनआईसी एशिया बैंकको २७ औं साधारण सभा

आर्मी अफिसर्स क्लबमा एनआईसी एशिया बैंकको २७औं वार्षिक साधारणसभा एन आई सी एशिया बैंक लिमिटेडको २७ औं वार्षिक साधारण सभा भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको छ । बैंकको २७ औं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०८१ आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक विवरणहरु उपर छलफल गरी स्वीकृत गर्नुका साथै बैंकको प्रबन्धपत्र र नियमावलीमा समसामयिक संशोधन तथा थप गर्ने प्रस्ताव समेत पारित गरेको छ । साथै, सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम सम्बन्धित निकायहरुको आवश्यक स्वीकृति प्राप्त गरी प्रति शेयर रु. १०० का दरले रु. ५ अर्ब बराबरको…

बैंक पनि साथी पनिको भित्री लफडा बहिरिँदै

बैंक पनि साथी पनिको भित्री लफडा बहिरिँदै बैंक पनि साथी पनि भन्ने नारा सहित ठूलो तामझामका साथ उदाएको एनआईसी एसिया बैंक पछिल्लो समय आन्तरिक कलहमा फस्दै गएको छ। एक वर्षदेखि अहिलेसम्म पनि बैंकको आन्तरिक कलह सुल्टिन नसकेको बैंकका उच्चस्तरीय कर्मचारीहरु बताउँछन्। प्रमुख कार्यकारी अधिकृत ( सीईओ ) रोशन न्यौपानेको मिसन र भिजन जती पहिलाथियो अहिले छैन । न्यौपाने असफल बन्दै जाँदा बैंकलाई आन्तरिक कलह मिलाउन निकै हम्मे परेको हो। शाखा विस्तारमा ध्यान दिएका न्यौपानेले बैंकलाई विश्वसनीय बनाउनेतर्फ भन्दा पनि कर्जा बाँड्नेतर्फ बढी ध्यान दिदा अहिले बैंकलाई आप्ठेरो अवस्थामा पुगेको छ। व्यवस्थापनले न्यौपानेसँग यसको जबाफदेहीताबारे बुझ्दा न्यौपाने नाजबाफ हुने गरेको कर्मचारीहरु…