दुबईमा नेपाली राेजगार मेला
दुबईमा नेपाली राेजगार मेला वैदेशिक रोजगार व्यवसायी संघको आयोजना र दुबईस्थित नेपाली दूतावासको संयोजनमा युएईमा नेपाली रोजगार मेला आयोजना भएको छ ।दुबइस्थित जेडब्ल्यू म्यारियट होटलमा आयोजित मेलामा युएइ सरकारका विदेश मन्त्रालय र रोजगार विभागका अधिकारीको सहभागिता थियो । बिचौलियालाई कामदार भर्ना प्रक्रियाबाट पन्छाएर म्यानपावर कम्पनी र रोजगारदाताको प्रत्यक्ष सम्बन्ध स्थापित गर्ने उद्देश्यले आयाेजित मेलामा ६३ वटा स्टल थिए । मेलाले नेपालमा दक्ष कामदार उत्पादनका लागि लगानी बढाउन र बिचौलियाबाट जोगिँदै कम खर्चमा वैदेशिक रोजगारीमा जान कामदारलाई सहयोग पुग्ने विभागका अधिकारीहरुकाे विश्वास छ । नेपालका मेनपावर र रोजगारदाता कम्पनीबीच सिधै सम्बन्ध हुँदा कामदारलाई आर्थिक भार कम पर्ने र ठगिने सम्भावना पनि…