इन्दु शंकर चिनी उद्योगले किसानलाई दियाे १ अर्ब ३१ करोड

सर्लाहीको इन्दु शंकर चिनी उद्योगले उखु किसानलाई १ अर्ब ३१ करोड रुपैयाँभन्दा धेरै भुक्तानी गरेको छ।

मिलले गत पुस ६ गतेदेखि बिहीबार बिहानसम्म किसानलाई १ अर्ब ३१ करोड रुपैयाँ भुक्तानी गरेको हो । गत वर्षसम्म भुक्तानीमा ढिलाई गर्दै आएको मिलले यस वर्ष उखु काँटा गरेको एक सातामै किसानको खातामा भुक्तानी पठाउन थालेको छ । यस वर्ष उखुको मूल्य सरकारले दिने प्रतिक्विन्टल ७० रुपैयाँ अनुदानसहित ६३५ रुपैयाँ निर्धारण भएको छ।

सञ्चालनमा आएको ७१ दिनको अवधिमा इन्दु शंकरले २६ लाख ४२ हजार १ सय क्विन्टल उखु क्रसिङ गरेको छ। यस वर्ष मिलले ३५ लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य राखेको छ । यो सिजनमा साढे २६ लाख क्विन्टल उखु क्रसिङ गरेर २ लाख २५ हजार क्विन्टलभन्दा धेरै चिनी उत्पादन गरेकाे मिलले जनाएकाे छ । गत वर्ष उखु अभाव हुँदा इन्दु शंकरले २८ लाख २० हजार क्विन्टल मात्रै उखु क्रसिङ गरेको थियो। 

उद्योग अझै झण्डै ३ साता चल्ने सम्भावना छ,’ उनले भने, ‘जिल्ला बाहिरका उद्योगले अस्वस्थ प्रतिस्पर्धा गरेर यताको उखु नतान्ने हो भने त हामीलाई लक्ष्यअनुसार उखु क्रसिङ गर्न कुनै समस्या छैन।’तर, महोत्तरी र रौतहटका उद्योगले सर्लाहीको उखु तान्ने अस्वस्थ प्रतिस्पर्धा गरेकाले आफूहरुलाई पनि चुनौति सिर्जना भएको उनले बताए। उनले इन्दु शंकरले उखुको उत्पादकत्व वृद्धिको लागि अनुदान दिएका सर्लाहीका किसानको उखु पनि बाहिरी जिल्लाका उद्योगले लगिरहेको गुनासो गरे।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

Leave a Reply

इन्दु शंकर चिनी उद्योगले किसानलाई दियाे १ अर्ब ३१ करोड