१९ सयको बिन्दुमा ओर्लियाे नेप्से

सेयर बजार परिसूचक नेप्से आइतबार १९ सयको बिन्दुमा ओर्लिएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार नेप्से सूचक २६.८१ अंकले घट्दै १९ सय ७९.०२ बिन्दुमा झर्न पुगेको हो । यस्तै, आइतबार ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्ससमेत ५.७४ अंकले घट्दै ३५३.८३ अंकमा झरेको छ ।
मौद्रिक नीतिको पहिलो समीक्षापछि २१ सयको बिन्दुमा पुगेको नेप्से सूचक सोही मौद्रिक नीतिको दोस्रो त्रयमासको समीक्षापछि पुनः ओरालो लाग्न थालेको हो । आइतबार कूल २४८ कम्पनीको ८५ लाख ४६ हजार ९३० कित्ता सेयर दोस्रो बजारमा कारोबार भएको छ ।
फाइनान्स र म्यानु एण्ड प्रो समूहका उपसूचक धनात्मक भएकोमा बाँकी ११ वटा उपसूचक ऋणात्मक भएका छन् । फाइनान्स र म्यानु एण्ड प्रो समूहको उपसूचक क्रमशः १.४० प्रतिशत र ०.८० प्रतिशतले वृद्धि भएका छन् ।
कूल २४८ कम्पनीले दोस्रो बजारमा भाग लिएकामा २०६ कम्पनीको मूल्य घटेको, ३८ कम्पनीको बढेको र ४ कम्पनीको स्थिर रहेको नेप्सेले जनाएको छ ।