दुबईमा नेपाली राेजगार मेला

वैदेशिक रोजगार व्यवसायी संघको आयोजना र दुबईस्थित नेपाली दूतावासको संयोजनमा युएईमा नेपाली रोजगार मेला आयोजना भएको छ ।दुबइस्थित जेडब्ल्यू म्यारियट होटलमा आयोजित मेलामा युएइ सरकारका विदेश मन्त्रालय र रोजगार विभागका अधिकारीको सहभागिता थियो ।
बिचौलियालाई कामदार भर्ना प्रक्रियाबाट पन्छाएर म्यानपावर कम्पनी र रोजगारदाताको प्रत्यक्ष सम्बन्ध स्थापित गर्ने उद्देश्यले आयाेजित मेलामा ६३ वटा स्टल थिए ।
मेलाले नेपालमा दक्ष कामदार उत्पादनका लागि लगानी बढाउन र बिचौलियाबाट जोगिँदै कम खर्चमा वैदेशिक रोजगारीमा जान कामदारलाई सहयोग पुग्ने विभागका अधिकारीहरुकाे विश्वास छ ।
नेपालका मेनपावर र रोजगारदाता कम्पनीबीच सिधै सम्बन्ध हुँदा कामदारलाई आर्थिक भार कम पर्ने र ठगिने सम्भावना पनि कम हुने राेजगार व्यवसायीहरुले बताए । नेपालबाट वैदेशिक रोजगारमा पठाउने व्यवसायी र रोजगारदाताको प्रत्यक्ष भेटका लागि मेला आयोजना गरिएकाे संघले बताएको छ ।
मेलामा यूएईस्थित रोजगारदाताहरु, सबै स्टेटका चेम्बर, इन्डियन इन्भेष्टमेन्ट ग्रुप, सबै बिजनेस कम्युनिटी, एचआर एशोसिएसनलगायतको सहभागिता थियाे ।