बैंकिङ प्रणालीको परम्परागत परिभाषा र अभ्यासमाथि नै बहसको आवश्यकता

बैंकिङ प्रणालीको परम्परागत परिभाषा र अभ्यासमाथि नै बहसको आवश्यकता नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्वनाथ पौडेलले हरेक नागरिकले बैंकबाट ऋण पाउनुलाई ‘नैसर्गिक अधिकार’का रूपमा स्थापित गर्नुपर्ने बताएका छन् । बिहीबार बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) संशोधन विधेयकमाथि प्रतिनिधिसभाको अर्थ समितिमा भएको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् । गभर्नर पौडेलले बैंकिङ प्रणालीको परम्परागत परिभाषा र अभ्यासमाथि नै मौलिक बहसको आवश्यकता रहेको बताए। उनले विधेयकमा प्रस्तावित व्यवस्था अन्तर्राष्ट्रिय अभ्यास र प्रतिबद्धताअनुरूप भए पनि अबको बहस सतहीभन्दा गहिरो हुनुपर्नेमा जोड दिए। गभर्नर पौडेलले ऋणमा पहुँचको विषयलाई नागरिकको मौलिक अधिकारसँग जोडिएको समेत बताए । ‘मलाई सधैँ के लाग्छ भने…

ताताेपानी नाका हुँदै पहिलोपटक कन्टेनरमा भित्रियाे हेलिकाेप्टर

ताताेपानी नाका हुँदै पहिलोपटक कन्टेनरमा भित्रियाे हेलिकाेप्टर तातोपानी भन्सार नाका हुँदै पहिलोपटक हेलिकप्टर आयात भएको छ । माउन्टेन हेलिकप्टर प्रालिले चीनको बाटो हुँदै तातोपानी भन्सार नाकासम्म हेलिकप्टर ल्याइपुर्‍याएको हो । उक्त हेलिकप्टरलाई ४० फिटे कन्टेनरमा लोड गरी ल्याइएको माउन्टेन हेलिकप्टर कम्पनीका कर्पोरेट म्यानेजर रामचन्द्र भुसालले बताए । उनका अनुसार उक्त हेलिकप्टर फ्रान्सको एयरबस कम्पनीमा बनेको हो । त्यसलाई चीनको बाटो हुँदै नेपाल ल्याइएको हो । अहिले तातोपानी भन्सार नाकामा जाँचपासको प्रक्रिया चलिरहेको भुसालले बताए । ‘हेलिकप्टरका पंखा लगायतका पार्टपूर्जा खोलेर ४० फिटे कन्टेनरमा लोड गरेर कस्टमसम्म ल्याइपुर्‍याएका छौं, अब त्यहीँ फिट गर्छौं अनि जाँचपास गरी उडाएर काठमाडौं ल्याउँछौं,’ भुसालले भने…

नेप्से परिसूचक बढ्याे तर कारोबारमा गिरावट

नेप्से परिसूचक बढ्याे तर कारोबारमा गिरावट नेपाल स्टक एक्सचेन्ज (नेप्से) ९.१९ वृद्धि भएको छ। साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक सो बराबरले बढेर २६३१.४८ विन्दुमा पुगेर बन्द भएको हो। परिसूचकमा वृद्धि भए पनि कारोबार रकम भने घटेको छ । आज दिनभर २४८ कम्पनीका ३१८ स्क्रिपकोको १ करोड ४१ लाख कित्ता शेयर किनबेच हुँदा कुल ६ अर्ब ३८ करोड ७२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। आज कारोबारमा आएका कम्पनीहरूमध्ये १४५ वटाको सेयर मूल्य बढेको छ भने १०३ वटाको घटेको छ। कुनै पनि कम्पनीको सेयर मूल्य भने स्थिर रहेन। समग्र रूपमा बढेको बजारमा आज चार वटा समूहका परिसूचक नकारात्मक देखिएका…

चार सरकारी उद्योग बेच्दै सरकार

चार सरकारी उद्योग बेच्दै सरकार सरकारले बन्द अवस्थामा रहेका चार सरकारी उद्योगहरू बिक्री गर्न प्रक्रिया अघि बढाएको छ । अर्थ मन्त्रालयले रुग्ण उद्योगहरूको सम्पत्ति मूल्याङ्कन गर्न परामर्शदाता नियुक्तिको प्रक्रिया अघि बढाएको हो । उक्त प्रक्रियाका लागि मन्त्रालयले यसका लागि आशय पत्र मागेको छ । मन्त्रालयले पहिलो चरणमा जनकपुर चुरोट कारखाना, बुटवल धागो कारखाना, नेपाल मेटल कम्पनी, नेपाल ओरियन्ट एन्ड म्याग्नेसाइटको सम्पत्ति मूल्याङ्कन (भ्यालुयसन) का लागि परामर्शदाता नियुक्त गर्न प्रक्रिया थालनीको लागि आशय पत्र मागेको छ । यही असार २३ गतेसम्म जनकपुर चुरोटको सम्पत्ति मूल्याङ्कनको आशय पत्र पेस गर्ने भनिएको छ । यस्तै, असार २३ गते नै आशय पत्र खोल्ने मन्त्रालयले…

सन् २०३० सम्म ५ लाख हरित रोजगारी सिर्जना गर्ने राष्ट्रिय लक्ष्य

सन् २०३० सम्म ५ लाख हरित रोजगारी सिर्जना गर्ने राष्ट्रिय लक्ष्य राष्ट्रिय योजना आयोग उपाध्यक्ष प्रा. डा. शिवराज अधिकारीले प्रकृतिमा आधारित व्यवसाय, स्थानीय आविष्कार र कम कार्बन उत्सर्जन मार्फत सन् २०३० सम्म ५ लाख हरित रोजगारी सिर्जना गर्ने राष्ट्रिय लक्ष्य रहेको बताएका छन् । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) को आयोजनामा सोमबार काठमाडौंमा आयोजित ‘उत्थानशीलका लागि परामर्श : जैविक अर्थतन्त्र र चक्रीय अर्थतन्त्रमा भुटान नेपाल संवाद कार्यशाला’ उद्घाटन गर्दै उपाध्यक्ष अधिकारीले योजना आयोगका नीति र साझेदारीले वास्तविक परिणाम सुनिश्चित गर्न धेरै महत्त्व राख्ने भएकाले यस कार्यमा आयोग कटिबद्ध रहेको जानकारी दिए । उनले नेपाल र सम्पूर्ण हिन्दुकुश हिमाली क्षेत्रका…

उद्याेगीले घटाए सिमेन्ट र डन्डीको भाउ

उद्याेगीले घटाए सिमेन्ट र डन्डीको भाउ उद्योगीले सिमेन्ट र डन्डीको भाउ घटाएका छन् । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अनुसार उद्योगीले सिमेन्टको भाउ प्रतिबोरा ५० रुपैयाँदेखि १ सय रुपैयाँसम्म र डन्डीको भाउ किलोको ५ रुपैयाँसम्म घटाएका हुन् । विभागका महानिर्देशक कुमारप्रसाद दाहालले पछिल्लो समय सिमेन्ट र डन्डीको माग घटेको र उद्योगमा लोडसेडिङ पनि घटेका कारण भाउ घटेको बताए । ‘उद्योगीले सिमेन्टमा प्रतिबोरा ५० देखि १ सय रुपैयाँसम्म घटाए भन्ने आएको छ,’ उनले भने, ‘अहिले उद्योगमा लोडसेडिङ घटेको हुनाले उत्पादन लागत पनि घट्यो । त्यसैले भाउ घटाएका छन् ।’ यसअघि उद्योगमा १२ घण्टासम्म लोडसेडिङ भएको र उत्पादन लागत बढ्न गई…

फोटोन टुनल्याण्ड G7 अब नेपालमा

फोटोन टुनल्याण्ड G7 अब नेपालमा नेपालको अटोमोबाइल क्षेत्रमा एक ऐतिहासिक क्षणका रूपमा ललितपुरकाे पुलचोकस्थित ‘द प्लाजा’ मा फोटोनको प्रमुख पिकअप टुनल्यान्ड G7 सार्वजनिक गरिएको छ । टुनल्यान्ड G7 ले २३ दिनमै ८ वटा उच्च र कठोर अफ-रोड भूभागहरू पार गर्ने विश्वकै पहिलो पिकअपका रूपमा इतिहास रचिसकेको छ । नेपालमा डेब्यु गर्नुअघि यो गाडी १५,००० किलोमिटरको कठिन परीक्षणमा टेस्ट गरिएको थियो । असार ८ गते सम्पन्न भएको भव्य सार्वजनिक कार्यक्रममा एमएडब्लू वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारिया, फोटोन इन्टरनेशनल साउथ एसियाका प्रबन्ध निर्देशक एरिक वाङ, बेइकी फोटोनका पीआर निर्देशक तथा फोटन इन्टरनेशनलका प्रमुख अकाउन्ट निर्देशक ली जुओचेंग, फोटोन इन्टरनेशनल प्यासेन्जर भेहिकल बिजनेसका…

नेप्सेमा सामान्य सुधार

नेप्सेमा सामान्य सुधार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । सोमबार नेप्से परिसूचक चार दशमलव ७८ अङ्कले बढेर दुई हजार ६०० दशमलव ७६ को बिन्दुमा कायम भएको हो । आज तीन सय २५ कम्पनीको एक करोड ७५ लाख ८७ हजार ३६ कित्ता सेयर ७० हजार ८३१ पटक खरिदबिक्री हुँदा रू ६ अर्ब ४७ करोड १९ लाख ५२ हजार ६७८ बराबरको कारोबार भएको छ । आजको कारोबारमा विकास बैङ्क शून्य दशमलव ०९, जीवन बीमा शून्य दशमलव ३९, उत्पादन तथा प्रशोधन शून्य दशमलव ६१, म्युचुअल फन्ड शून्य दशमलव ३४, निर्जीवन बीमा शून्य दशमलव २३ र अन्य समूह शून्य…

क्रिप्टोकरेन्सी र हुन्डी कारोबारकाे आराेपमा ६ पक्राउ

क्रिप्टोकरेन्सी र हुन्डी कारोबारकाे आराेपमा ६ पक्राउ अवैधरूपमा अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) कारोबार, हुन्डी र अनलाइन गेमिंग खेलाएको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । उनीहरूलाई कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरअन्तर्गतको प्रदेश इन्भेष्टिगेशन टिम (पीआइटी) ले पक्राउ गरेको हो । उनीहरूलाई पक्राउ गरी प्रहरीले विभिन्न स्थानमा राख्दै आएको थियो । प्रहरीका अनुसार क्रिप्टोकरेन्सी, अनलाइन गेमिंग र अवैध हुन्डी कारोबारमा संलग्न रहेको आरोपमा सुनसरीको इटहरी १२ खनारका २७ वर्षीय प्रभु नारायण चौधरी, इटहरी–११ का २७ वर्षीय प्रशिन चौधरीलाई पक्राउ गरिएको हो । यस्तै, प्रहरीले इटहरी–७ का सुरज भनिने २२ वर्षीय सन्तोष कुमार साह इटहरी –११ का २६ वर्षीय चन्दन डोम, मोरङ…

वाणिज्य बैंकहरुकाे नाफा ४७ अर्ब रुपैयाँभन्दा बढी

वाणिज्य बैंकहरुकाे नाफा ४७ अर्ब रुपैयाँभन्दा बढी चालू आर्थिक वर्षको दश महिनामा वाणिज्य बैंकहरुले ४७ अर्ब रुपैयाँभन्दा बढी नाफा कमाएका छन् । नेपालमा सञ्चालित २० वटा वाणिज्य बैंकहरुले चालू आर्थिक वर्षको साउनदेखि वैशाख मसान्तसम्म ४७ अर्ब ७९ करोड ४७ लाख रुपैयाँ नाफा कमाएका हुन् । यो नाफा गत सोही अवधिको तुलनामा १.६७ प्रतिशत कम हो । गत आवको सोही अवधिमा बैंकहरुले ४८ अर्ब ६० करोड ६८ लाख रुपैयाँ नाफा कमाएका थिए । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार यस अवधिमा सबैभन्दा बढी नबिल बैंकले खुद नाफा आर्जन गरेको छ । नबिल बैंकले ५ अर्ब ६० करोड कमाएको छ । सबैभन्दा…