क्रिप्टोकरेन्सी र हुन्डी कारोबारकाे आराेपमा ६ पक्राउ

अवैधरूपमा अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) कारोबार, हुन्डी र अनलाइन गेमिंग खेलाएको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।

उनीहरूलाई कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरअन्तर्गतको प्रदेश इन्भेष्टिगेशन टिम (पीआइटी) ले पक्राउ गरेको हो । उनीहरूलाई पक्राउ गरी प्रहरीले विभिन्न स्थानमा राख्दै आएको थियो ।

प्रहरीका अनुसार क्रिप्टोकरेन्सी, अनलाइन गेमिंग र अवैध हुन्डी कारोबारमा संलग्न रहेको आरोपमा सुनसरीको इटहरी १२ खनारका २७ वर्षीय प्रभु नारायण चौधरी, इटहरी–११ का २७ वर्षीय प्रशिन चौधरीलाई पक्राउ गरिएको हो । यस्तै, प्रहरीले इटहरी–७ का सुरज भनिने २२ वर्षीय सन्तोष कुमार साह इटहरी –११ का २६ वर्षीय चन्दन डोम, मोरङ सुन्दरहरैंचा–२ का २० वर्षीय निसान कुमार खवास, र इटहरी-१२ का ३२ वर्षीय लालबहादुर गौतमलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

पक्राउ परेकाहरूले डेढ करोडभन्दा बढीको अवैध कारोबार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेकाहरूको दुई वटा समूह रहेको छ । एउटा समूहको नेतृत्व प्रभु नारायण चौधरी र प्रशिन चौधरीले गर्ने गरेका थिए । उनीहरू सुनसरीको इटहरी १२ खनारका स्थायी बासिन्दा हुन् ।

प्रभु यसअघि पनि मोरङबाट क्रिप्टोमार्फत हुन्डी कारोबार गरेको अभियोगमा पक्राउ परिसकेका थिए । यी दुई लामो समयदेखि क्रिप्टो र अनलाइन गेमिंगमा संलग्न रहेको प्रहरी श्रोतले जनाएको छ ।

उनीहरूको जीवन शैली अस्वाभाविक भएको भन्दै यसअघि पनि प्रहरीमा उजुरी परेको थियो । प्रहरी श्रोतका अनुसार प्रमाण नभेटिए पनि उनीहरूका बारेमा सूक्ष्म निगरानी राखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

क्रिप्टोकरेन्सी र हुन्डी कारोबारकाे आराेपमा ६ पक्राउ