वाणिज्य बैंकहरुकाे नाफा ४७ अर्ब रुपैयाँभन्दा बढी

चालू आर्थिक वर्षको दश महिनामा वाणिज्य बैंकहरुले ४७ अर्ब रुपैयाँभन्दा बढी नाफा कमाएका छन् ।

नेपालमा सञ्चालित २० वटा वाणिज्य बैंकहरुले चालू आर्थिक वर्षको साउनदेखि वैशाख मसान्तसम्म ४७ अर्ब ७९ करोड ४७ लाख रुपैयाँ नाफा कमाएका हुन् । यो नाफा गत सोही अवधिको तुलनामा १.६७ प्रतिशत कम हो । गत आवको सोही अवधिमा बैंकहरुले ४८ अर्ब ६० करोड ६८ लाख रुपैयाँ नाफा कमाएका थिए ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार यस अवधिमा सबैभन्दा बढी नबिल बैंकले खुद नाफा आर्जन गरेको छ । नबिल बैंकले ५ अर्ब ६० करोड कमाएको छ ।

सबैभन्दा बढी नाफा कमाउनेको दोस्रोमा ग्लोबल आइएमई बैंक रहेको छ । यस बैंकले वैशाख मसान्तसम्ममा ५ अर्ब ३५ करोड रुपैयाँ नाफा कमाएको छ । सर्वाधिक नाफा कमाउनेको तेस्रोमा रहेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ५ अर्ब २ करोड रुपैयाँ आर्जन गरेको छ ।

चालू आवको वैशाख मसान्तसम्ममा वाणिज्य बैंकहरुमध्ये १० वटाको नाफामा गिरावट आएको छ । एनआईसी एसिया, हिमालयन बैंक, सिटिजन्स बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक लगायत १० बैंकको नाफा घटेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

वाणिज्य बैंकहरुकाे नाफा ४७ अर्ब रुपैयाँभन्दा बढी