डिजिटल वालेटमा दैनिक ३० पटकसम्म पैसा जम्मा गर्न पाइने
डिजिटल वालेटमा दैनिक ३० पटकसम्म पैसा जम्मा गर्न पाइने नेपाल राष्ट्र बैंकले दशैं–तिहारका लागि लक्षित गर्दै डिजिटल वालेटमा रकम जम्मा गर्न सक्ने संख्या दैनिक ३० पटक बनाएको छ । डिजिटल कारोबारलाई प्रोत्साहन गर्न डिजिटल वालेटमा रकम जम्मा गर्ने संख्या बढाएको हो । दशैं तिहारमा धेरै पैसाको चलन बढ्ने भएकाले संख्या पनि बढाइएको छ । अब प्राकृतिक व्यक्तिले दैनिक ३० पटक सम्म डिजिटल वालेटमा रकम जम्मा गर्न सक्नेछन् । राष्ट्र बैंकले सर्कुलर जारी गर्दै असोज २१ गतेदेखि कात्तिक १ गतेसम्म र तिहारका लागि कात्तिक १५ गतेदेखि २२ गतेसम्म प्राकृतिक व्यक्तिको वालेटमा एक दिनमा ३० पटकसम्म रकम जम्मा गर्न पाइने व्यवस्था गरेको…