१६ वटा जलविद्युत् आयोजनामा क्षति, ११ सय मेगावाट विद्युत अवरुद्ध

पछिल्लाे बाढीपहिरोका कारण देशभर ११ सय मेगावाट विद्युत अवरुद्ध भएको छ ।
ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले पत्रकार सम्मेलन गर्दै अविरल बर्षाका कारण ११ सय मेगावाट विद्युत अवरुद्धसँगै साढे २ अर्ब बराबर नोक्सानीको अनुमान गरेको जनाएको छ । मन्त्रालयमा अनुसार अझै यो क्षति बढ्न सक्नेछ ।
ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अनुसार विभिन्न १६ वटा जलविद्युत् आयोजनामा क्षति पुगेको छ ।
ती आयोजनामा भएको क्षतिको विवरण सङ्कलन भइरहेको जानकारी दिँदै इप्पानले थप क्षति भएको हुनसक्ने आंकलन गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?
+1
+1
+1
+1
+1
+1
+1