नेपाल बैंकर्स संघको अध्यक्षमा सन्तोष कोइराला निर्विरोध
नेपाल बैंकर्स संघको अध्यक्षमा सन्तोष कोइराला निर्विरोध वाणिज्य बैंकहरूको संस्था नेपाल बैंकर्ससंघको अध्यक्षमा सन्तोष कोइराला निर्विरोध भएका छन् । अध्यक्ष कोइराला माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत हुन् ।संघको नयाँ कार्य समितिका लागि उम्मेदवार दिने म्याद सोमबार सम्म थियो ।अध्यक्षमा कोइरालाको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध अध्यक्ष भएका हुन् । प्रभु बैंकका सीईओ अशोक शेरचनले अध्यक्षमा उम्मेदवारी दर्ता गराए पनि उनले आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए । शेरचनको उम्मेदवारी फिर्ता सँगै कोइराला संघको अध्यक्षमा सर्वसम्मत चयन भए। संघको उपाध्यक्षमा ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र रेग्मीको मात्रै उम्मेदवारी परेको छ । उनी पनि सर्वसम्मत रूपमा उपाध्यक्ष चयन भएका छन् ।संघमा…