डेडिकेटेड र ट्रङ्क लाइनकाे महसुल २८ किस्तामा तिर्न सकिने
डेडिकेटेड र ट्रङ्क लाइनकाे महसुल ५६ किस्तामा तिर्न सकिने नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिको बैठकले डेडिकेटेड र ट्रङ्क लाइन महसुल उठाउने सम्बन्धमा थप केही लचिलो निर्णय गरेको छ । यसअघि प्राधिकरणले २८ किस्तामा महसुल तिर्न सकिने बताउँदै आएकोमा बुधबारको बैठकले त्यसलाई बढाएर ५६ किस्तामा तिर्न सकिने व्यवस्था गरिएको स्रोत बताउँछ । महसुल सङ्कलन नियमावलीमा केही संशोधन गरेर उक्त व्यवस्था गरिएको हो । यसैबीच विद्युत् नियमन आयोगले पनि डेडिकेटेड र ट्रङ्क लाइनसम्बन्धी महसुल उठाउन नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ । आयोगकी सचिव मनदेवी श्रेष्ठले बुधबार प्राधिकरणलाई पत्राचार गर्दै २०७२ माघदेखि २०७५ वैशाखसम्मको डेडिकेटेड र ट्रङ्क लाइनको बक्यौता उठाउन भनेकी छन्…