यामाहाले ल्यायो बिगेस्ट १०शैं अफर
यामाहाले ल्यायो बिगेस्ट १0शैं अफर नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरहरूको आधिकारिक बिक्रेता एमएडब्लू राइड़सले दशैं, तिहार र छठ जस्ता पर्वलाई मध्यनजर गरी नयाँ बिगेस्ट १०शै नामक योजना ल्याएको छ। यस योजना अन्तर्गत अफर अवधिभर यामाहाका मोटरसाइकल र स्कुटर खरिद गर्ने भाग्यशाली ग्राहकहरूले दश लाख रुपैयाँसम्मको हात खाली नजाने स्योरशट क्यास ब्याक उपहार समेत प्राप्त गर्ने छन । महान चाड दशैंलाई नाम जस्तै भव्य र ठूलो बनाउने सोच अनुसार यामाहाले यो अफर ल्याएको हो । यामाहाका बाइक र स्कुटरहरू किन्दा अधिकतम दश लाखसम्म नगद फिर्ता हुने र कसैको पनि हात खाली नजाने भएकाले यामाहा ग्राहकहरूले यसपालीको दशैं अहिले सम्मकै ठूलो…