नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा ढुङ्गाना नियुक्त
नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा ढुङ्गाना नियुक्त नबिल बैंक लिमिटेको प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुङ्गाना नियुक्त भएका छन् । जेठ २ गते बसेको नबिल बैंकको सञ्चालक समितिको बैठकले ढुङ्गानालाई २०८१ साल असार १७ गतेदेखि लागू हुने गरी थप दुई वर्षका लागि प्रमुख कार्यकारी अधिकृत पदमा पुनः नियुक्त गरेको हो । नेपाल राष्ट्र बैंक लगायत विभिन्न वाणिज्य बैंकको व्यवस्थापन तह तथा नेतृत्वदायी भूमिकामा रही तीन दशक बैंकिङ्ग क्षेत्रको अनुभव बटुलीसकेका ढुङ्गानालाई कुशल नेतृत्व र कार्यशैलीकै कारण सञ्चालक समितिले थप दुई वर्षका लागि पुनःबहाली गरेको बैंकले जनाएको छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय अर्थतन्त्र तथा बैंकिङ्ग क्षेत्रको विज्ञता तथा अनुभव समेत हासिल…