यामाहा ब्लू स्ट्रिक्सका च्याप्टर लिडरहरूले लिए विशेष रोड मार्शल प्रशिक्षण
यामाहा ब्लू स्ट्रिक्सका च्याप्टर लिडरहरूले लिए विशेष रोड मार्शल प्रशिक्षण काठमाडौं, नेपाल, डिसेम्बर २५, २०२४ - ब्लु स्ट्रिक्स च्याप्टर लिडर अनबोर्डिङ इभेन्टको सफलता पछि यामाहाले आफ्नो वितरक एमएडब्लू राइड्स मार्फत् नेपालभरका आफ्ना च्याप्टर लिडरहरूका लागि आधारभूत रोड मार्शल तालिमको आयोजना गर्यो। तालिम यामाहा ब्लू स्ट्रिक्सका लिडरहरूलाई सुरक्षित र व्यवस्थित टुरिङ र सामूहिकसवारीको नेतृत्व गर्न आवश्यक सीपहरू प्रदान गर्ने महत्त्वपूर्ण कदमको रूपमा रहेको छ।नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) को तालिम तथा मार्शल आयोगद्वारा सञ्चालित उक्त तालिम सडक सुरक्षा, सामूहिक सवारी व्यवस्थापन र प्रभावकारी सञ्चारका आधारभूत कुरामा केन्द्रित रहेको थियो। सत्र यामाहाको राइडर समुदायमा जिम्मेवारी र सुरक्षाको संस्कृतिलाई बढावा दिँदै सहज र सुरक्षित…