नेप्सेमा सामान्य सुधार

नेप्सेमा सामान्य सुधार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । सोमबार नेप्से परिसूचक चार दशमलव ७८ अङ्कले बढेर दुई हजार ६०० दशमलव ७६ को बिन्दुमा कायम भएको हो । आज तीन सय २५ कम्पनीको एक करोड ७५ लाख ८७ हजार ३६ कित्ता सेयर ७० हजार ८३१ पटक खरिदबिक्री हुँदा रू ६ अर्ब ४७ करोड १९ लाख ५२ हजार ६७८ बराबरको कारोबार भएको छ । आजको कारोबारमा विकास बैङ्क शून्य दशमलव ०९, जीवन बीमा शून्य दशमलव ३९, उत्पादन तथा प्रशोधन शून्य दशमलव ६१, म्युचुअल फन्ड शून्य दशमलव ३४, निर्जीवन बीमा शून्य दशमलव २३ र अन्य समूह शून्य…

क्रिप्टोकरेन्सी र हुन्डी कारोबारकाे आराेपमा ६ पक्राउ

क्रिप्टोकरेन्सी र हुन्डी कारोबारकाे आराेपमा ६ पक्राउ अवैधरूपमा अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) कारोबार, हुन्डी र अनलाइन गेमिंग खेलाएको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । उनीहरूलाई कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरअन्तर्गतको प्रदेश इन्भेष्टिगेशन टिम (पीआइटी) ले पक्राउ गरेको हो । उनीहरूलाई पक्राउ गरी प्रहरीले विभिन्न स्थानमा राख्दै आएको थियो । प्रहरीका अनुसार क्रिप्टोकरेन्सी, अनलाइन गेमिंग र अवैध हुन्डी कारोबारमा संलग्न रहेको आरोपमा सुनसरीको इटहरी १२ खनारका २७ वर्षीय प्रभु नारायण चौधरी, इटहरी–११ का २७ वर्षीय प्रशिन चौधरीलाई पक्राउ गरिएको हो । यस्तै, प्रहरीले इटहरी–७ का सुरज भनिने २२ वर्षीय सन्तोष कुमार साह इटहरी –११ का २६ वर्षीय चन्दन डोम, मोरङ…

वाणिज्य बैंकहरुकाे नाफा ४७ अर्ब रुपैयाँभन्दा बढी

वाणिज्य बैंकहरुकाे नाफा ४७ अर्ब रुपैयाँभन्दा बढी चालू आर्थिक वर्षको दश महिनामा वाणिज्य बैंकहरुले ४७ अर्ब रुपैयाँभन्दा बढी नाफा कमाएका छन् । नेपालमा सञ्चालित २० वटा वाणिज्य बैंकहरुले चालू आर्थिक वर्षको साउनदेखि वैशाख मसान्तसम्म ४७ अर्ब ७९ करोड ४७ लाख रुपैयाँ नाफा कमाएका हुन् । यो नाफा गत सोही अवधिको तुलनामा १.६७ प्रतिशत कम हो । गत आवको सोही अवधिमा बैंकहरुले ४८ अर्ब ६० करोड ६८ लाख रुपैयाँ नाफा कमाएका थिए । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार यस अवधिमा सबैभन्दा बढी नबिल बैंकले खुद नाफा आर्जन गरेको छ । नबिल बैंकले ५ अर्ब ६० करोड कमाएको छ । सबैभन्दा…

उल्टियो घरजग्गा कारोबारमा बैँक स्टेटमेन्ट चाहिने व्यवस्था

उल्टियो घरजग्गा कारोबारमा बैँक स्टेटमेन्ट चाहिने व्यवस्था घरजग्गा कारोबारमा बैँक स्टेटमेन्ट र केवाईसी फारामको अनिवार्यता हटाइएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले ल्याएको निर्देशन एक सातामै संशोधन गर्दै जग्गा कारोबारमा बैंक स्टेटमेन्ट र केवाईसी फारामको अनिवार्यता हटाइएको हो । फाइनान्सियल टास्क फोर्स (एफटीएफ) को ‘ग्रे लिस्ट’ बाट मुलुकलाई बाहिर निकाल्नका लागि भन्दै कालोधन रोक्न घरजग्गा कारोबारमा कडाइ गरिएको थियो । विभागले जेठ १४ गते घरजग्गा किनबेचमा कालोधन रोक्ने नयाँ प्रयास स्वरूप भूमि व्यवस्थापन तथा अभिलेख विभागले सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा निर्देशन जारी गरेको थियो । उक्त निर्देशन जारी गर्दै विभागले देशभरका मालपोत कार्यालयहरूलाई कार्यान्वयनका…

टेलिकमको बिलिङ ठेक्कामा साढे ३३ करोड भ्रष्टाचार, १८ जनाविरुद्ध मुद्दा

टेलिकमको बिलिङ ठेक्कामा साढे ३३ करोड भ्रष्टाचार, १८ जनाविरुद्ध मुद्दा नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगिता पहाडी, तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेल, सफ्टवेयर कम्पनीसमेत १८ जना उपर भ्रष्टाचार मुद्दा दायर भएको छ । पहाडी तत्कालीन प्रमुख व्यावसायिक अधिकृत थिइन् । नेपाल टेलिकमको बिलिङ सिस्टम अप्रेडको ठेक्कामा ३३ करोड ४८ लाख १७ हजार ४३० रूपैयाँ हिनामिना गरेको अभियोगमा उनीहरुमाथि अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारले प्रतिवादीविरुद्ध ३३ करोड ४८ लाख १७ हजार ४ सय ३० रुपैयाँ बिगो मागदाबी गरेको छ भने बिगोमध्ये खर्च भएको ९ करोड ८८ लाख ४१ हजार ९ सय ५६ रुपैया प्रतिवादीबाट असुलउपर गर्न मागदाबी गरेको…

मैले एक रूपैयाँ पनि भ्रष्टाचार गरेकाे छैन : नेपाल

मैले एक रूपैयाँ पनि भ्रष्टाचार गरेकाे छैन : नेपाल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एक रूपैयाँ पनि भ्रष्टाचार नगरेको दाबी गरेका छन् । अख्तियारमा मुद्दा परेपछि रौतहटमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफूले कसैबाट अनुचित लाभ नउठाएको बताए । उनले भने, ‘म राष्ट्रलाई नोक्सान पर्ने कुनै पनि कामको विरुद्धमा रहन्छु । कसैबाट भएको छ भनेर उचित होइन भनेर दृढताका साथ उभिएको छु । त्यहाँ मैले नै निर्देशन दिएँ भनेर लेखिएको छ । मैले मन्त्रीलाई यस्तो कुनै अनुचित काम गर्न आजसम्म निर्देशन दिएको छैन । त्यसको प्रमाण पेस गरियोस् ।’ अख्तियारले पतञ्जली योगपीठ तथा आयुर्वेद विद्यालयको नाममा दिइएको जमिन अनियमितता प्रकरणमा…

माधव नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

माधव नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतन्जली जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको छ । नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ विगो जरिवाना र सजाय मागदाबी सहित भ्रष्टाचार मुद्दा दायर भएको छ । अन्यको हकमा भने विगो रकम फरक फरक छ । हदबन्दीभन्दा बढी जग्गा खरिदबिक्री गर्न दिई सरकारी सार्वजनिक सम्पत्ति हिनामिना र हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोप उनीहरुमाथि लागेको छ । भ्रष्टाचार मुद्दा दायर भएपछि नेपालको सांसद पद स्वतः निलम्बनमा परेको छ । नेपालको इतिहासमा पहिलोपटक पूर्व प्रधानमन्त्रीमाथि भ्रष्टाचार मुद्दा दर्ता भएको हो । यस्तै,…

राष्ट्र बैङ्कका कार्यकारी निर्देशकहरूको हेरफेर

राष्ट्र बैङ्कका कार्यकारी निर्देशकहरूको हेरफेर नेपाल राष्ट्र बैङ्कका कार्यकारी निर्देशकहरूको हेरफेर गरिएको छ । गभर्नर विश्व पौडेलले दुई कार्यकारी निर्देशकको सरुवा र एक जनाको पदस्थापन गरेको राष्ट्र बैङ्कका सहायक सूचना अधिकारी डा. भागवत आचार्यले जानकारी दिए । केही दिनअघि मात्रै निर्देशकबाट कार्यकारी निर्देशकमा बढुवा भएका दीर्घ रावललाई बैङ्क तथा वित्तीय संस्था सुपरिवेक्षण विभाग प्रमुख बनाइएको छ । यसअघि बैङ्क सुपरिवेक्षणका कार्यकारी निर्देशक रामु पौडेल र मुद्रा व्यवस्थापन विभागमा पठाइएको छ । त्यस्तै, मद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक प्रदीपराज पौड्याललाई सूचना प्रविधि विभागमा सरुवा गरिएको छ । यसअघि उक्त विभागमा तुल्सी नेपालले अनिवार्य अवकाश पाएका थिए । यस अनुसार तीन जनाको…

ग्लोबल आइएमई बैंकद्वारा टोखा र दिक्तेल रुपाकोट मझुवागढीमा बृक्षरोपण

ग्लोबल आइएमई बैंकद्वारा टोखा र दिक्तेल रुपाकोट मझुवागढीमा बृक्षरोपण ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौंको टोखा नगरपालिका र खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा बृक्षरोपण गरेको छ ।बैंकले टोखा नगरपालिकाका विभिन्न विद्यालयहरुमा १००० वटा फलफुलको विरुवाहरु रोपेको हो । बृक्षरोपण कार्यक्रममा टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी, बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी, विद्यालयका प्रध्यानाध्यापक, विद्यालयका प्रतिनिधि, विद्यार्थी र स्थानीयको उपस्थिति रहेको थियो ।साथै, बैंकले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको विभिन्न वडाहरुमा १५०० वटा बाँसका बिरुवा रोपेको छ । बैंकले सञ्चालन गरेको बृक्षरोपण कार्यक्रममा खोटाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समिति प्रमुख, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका प्रमुख, नेपाली आर्मी र नेपाल प्रहरीका जिल्ला…

हक्की डिजीका कार्यशैलीले कालाबजारीया उद्योगीको रुवावासी

हक्की डिजीका कार्यशैलीले कालाबजारीया उद्योगीको रुवावासी यी हक्की डिजीका कार्यशैलीले कालाबजारीया उद्योगी व्यवसायीको रुवावासी वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको महानिर्देशकको कुर्सीमा दोहोर्याएर पुगेका कुमार दाहाल ठूला व्यापारिक फर्महरुको कुकृत्यसँग लडिरहेका छन् ।वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अनुगमन दशैं,तिहार तथा चाडपर्व आएपछि मात्र हुन्थ्यो । अरु समय विभागको काम न सुनिन्थ्यो न देखिन्थ्यो । अधिकांश कार्यालय प्रमुखको एउटै गुनासो हुन्थ्यो बजार अनुगमनका लागि बजेटै छैन । तर,कुमार दाहाल कुर्सीमा पुगे यता हरेक दिन जसो दशौं व्यापारिक फर्म,विद्यालय,होटल,हस्टिपटलसम्म अनुगमन भइरहेको देखिन्छ । र कारवाही पनि । दाहाल आठ बर्षपछि विभागको नेतृत्वमा दोहोरिएर पुगेका हुन । ८ वर्ष अघि उपसचिवबाट सहसचिवमा…