सुनकोशी मरिण डाइभर्सनको मुख्य सुरुङ निर्माण अन्तिम चरणमा
सुनकोशी मरिण डाइभर्सनको मुख्य सुरुङ निर्माण अन्तिम चरणमा राष्ट्रिय गौरव आयोजनाको सुनकोशी मरिण डाइभर्सनको मुख्य सुरुङ निर्माण अन्तिम चरणमा पुगेकाे छ । कूल १३ दशमलव तीन किलोमिटर लामो सुरुङको अब ७ सय ९० मिटर मात्र खन्न बाँकी छ । सुरुङ खन्ने काममा कुनै भौगोलिक जटिलता नआएको खण्डमा एक महिनाभित्र ‘ब्रेक थ्रू’ भइसक्ने आयोजना प्रमुख मित्र बरालले जानकारी दिए । तराई मधेसमा वर्षैभरि सिँचाइ सुविधा पुर्याउने लक्ष्यका साथ सुरु गरिएको याे आयोजनालाई सरकारले प्राथमिकतामा राखेकाे छ । सुनकोशी नदीको पानी मरिण खोलामा झारेर विद्युत् उत्पादन गर्ने र तराईको एक लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्यका साथ सुरु…