नेपाल लाइफ इन्स्याेरेन्सकाे खुद नाफामा १२.९० प्रतिशत वृद्धि
नेपाल लाइफ इन्स्याेरेन्सकाे खुद नाफामा १२.९० प्रतिशत वृद्धि नेपाल लाइफ इन्स्याेरेन्सकाे खुद नाफामा १२.९० प्रतिशत वृद्धि भएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले उल्लेखनीय प्रगति गरेकाे हाे । चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा कम्पनीले ४२ करोड ७७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ३७ करोड ८८ लाख रुपैयाँ नाफा कमाएको थियो । कम्पनीको दोस्रो त्रैमासिक अवधिसम्ममा कुल बीमा शुल्क आर्जन रु. २,०००.०६ करोड रहेको छ जुन गत वर्षको सोही अवधिमा प्राप्त कुल बीमा शुल्क रु. १,८६२.७२ करोडको तुलनामा ७.३७ प्रतिशतले वृद्धि भएको…