अकाशियाे फलफूलकाे मूल्य
अकाशियाे फलफूलकाे मूल्य काठमाडौंमा फलफूलको भाउ अकाशिएको छ । दशैंका बेला धेरै फलफूल पसल बन्द भएकाले खुलेका पसलहरूमा केरा, स्याउ, सुन्तलालगायत फलफूलको मूल्य अचाक्ली बढेकाे छ । दशैँभन्दा अघिको तुलनामा फलफूलमा सय प्रतिशतभन्दा बढी मूल्यवृद्धि भएको उपभोक्ताको गुनासो छ । व्यापारी पनि आफूले महङ्गो दाममा खरिद गरेर ल्याएकाले महङ्गैमा बेच्नुपरेकाे बताउँछन् ।