व्यावसायिक कारोबारको रकम व्यक्तिगत खातामा जम्मा नगर्न इसेवाको अपिल
व्यावसायिक कारोबारको रकम व्यक्तिगत खातामा जम्मा नगर्न इसेवाको अपिल भुक्तानी सेवाप्रदायक ईसेवाले व्यावसायिक कारोबार बापतको रकम व्यक्तिगत खातामा जम्मा नगर्न आफ्ना ग्राहकलाई अपिल गरेको छ । आर्थिक विधेयक २०८१ बाट आयकर ऐन २०७८ को दफा ८१ क अन्तर्गत व्यावसायिक कारोबार बापतको रकम व्यक्तिगत खातामा जम्मा गर्न नपाइने व्यवस्था गरिएकाले ईसेवाले यस्तो नियम पालना गर्न सबै ग्राहकलाई अनुरोध गरेको हो । आन्तरिक राजस्व विभागका अनुसार अब कुनै पनि व्यक्तिले व्यावसायिक कारोबार बापत प्राप्त नगद, चेक, क्यूआर कोड तथा अन्य विद्युतीय माध्यमबाट प्राप्त हुने रकम व्यक्तिगत बैंक खातामा जम्मा गर्न पाइने छैन । यसै सन्दर्भमा व्यावसायिक कारोबार व्यावसायिक क्यूआर मार्फत गर्न प्रोत्साहन…