सामसङकाे ‘ग्यालेक्सी ए१५फाइभजी’ नेपाली बजारमा
सामसङकाे ‘ग्यालेक्सी ए१५फाइभजी’ नेपाली बजारमा सामसङले ‘ग्यालेक्सी ए१५फाइभजी’ नेपाली बजारमा ल्याएको छ । ग्यालेक्सी ए१५ डिभाइसमा ‘एफएचडी’ प्लस रेजोल्युसन भएको ६.५ इन्चको सुपर ‘एमोल्ड’ इन्फिनिटी-यू डिस्प्ले छ । ९० हर्ज रिफ्रेस रेर्टले स्क्रोल गर्दा, ट्याप गर्दा वा स्वाइप गर्दा सहज र प्रतिक्रियात्मक अनुभव हुने कम्पनीले जनाएको छ । अत्याधुनिक मिडिया टेक डाइमेन्सिटी ६१०० प्लस चिपसेट, मल्टिटास्किङ र गेमिङ अनुभवद्वारा सञ्चालित, अद्भूत पर्फमेन्स र द्रुत फाइभ जी कनेक्टिभिटीका लागि अक्टा-कोर प्रोसेसर छ । ६/६४ जीबी, ८/१२८ जीबी र ८/२५६ जीबीसम्मका विकल्पहरूमा ग्यालेक्सी ए१५ उपलब्ध छ । त्यस्तै पछाडिको सेटअपमा ५० एपी वाइड-एंगल क्यामरा, ५ एमपी अल्ट्रा-वाइड क्यामेरा र २ एमपी म्याक्रो…