टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना

नेपालका लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले आफ्ना ग्राहकका लागि ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक गरेको छ ।

यस योजनाअन्तर्गत ग्राहकहरूले टिभिएस बाइक तथा स्कुटरको खरिदमा रु. ७००० सम्मको नगद छुट पाउन सक्नेछन् । साथै कम ईएमआई सुविधा (रु. ३९९९ बाट सुरु) हुने कम्पनीले जनाएको छ । यो योजना एनटोर्क, रेडर, अपाचे १६० २भी, अपाचे १६० ४भी, अपाचे २०० ४भी जस्ता टिभिएसका उत्पादनहरूमा लागू हुने कम्पनीले बताएको छ । कम्पनीका अनुसार यो योजना गण्डकी, धौलागिरि र बागमतीबाहेक अन्य स्थानमा लागू हुने छ ।

यस योजनासंगै कम्पनीले मात्र रु. ३९९९ बाट सुरु हुने सबैभन्दा कम ईएमआई सुविधा हाइलाइट गर्दै नेपाल भर लागु हुनेगरी सेलिब्रेसन अफरपनि सार्वजनिक गरेको छ ।

जगदम्बा मोटर्स प्रालि नेपालमा टिभिएसका दुई पांग्रे सवारी साधनका लागि एक मात्र आधिकारिक वितरक हो । कम्पनीका नेपालभर १४० भन्दा बढी डिलर रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना