१ कराेडकाे बैंक ग्यारेन्टी बुझाएर रिहा भए लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने बैंक ग्यारेन्टीमार्फत रुपन्देही जिल्ला अदालतमा १ करोड धरौटी बुझाएर रिहा भएका छन् ।

बुटवलको सुप्रिम सहकारीमा रकम अपचलन गरेको आरोप लागेका लामिछानेलाई रुपन्देही जिल्ला अदालतले १ करोड रुपैयाँ धरौटी माग गरेको थियो । सोही अनुसार उनी आइतबार बैंक ग्यारेन्टीमार्फत धरौटी बुझाएर रिहा भएका हुन् ।

गत बुधबारदेखि भएको बयान, थुनछेक र जवाफी बहसपछि न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले धरौटीमा रिहा गर्ने आदेश गरेको हो ।

थुनछेक बहसमा सरकारी वकिलहरुले लामिछाने बाहिर रहँदा पीडितको न्याय प्रभावित हुने भन्दै थुनामा राख्नुपर्ने जिकिर गरेका थिए। तर, उनकाे पक्षका वकिलहरुले राज्यले प्रतिशोध साँधेको आरोप लगाएका थिए।

यसअघि, पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा कास्की जिल्ला अदालतले उनलाई ६५ लाख र कालिमाटीको स्वर्णलक्ष्मी सहकारी प्रकरणमा काठमाडौं जिल्ला अदालतले ६० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो।

इलाका प्रहरी कार्यालय, बुटवलले गरेको अनुसन्धानका आधारमा लामिछानेविरुद्ध रुपन्देही जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो। सहकारीलाई रकम तिर्न प्रयोग भएको लामिछानेद्वारा हस्ताक्षरित चेक, उनकी श्रीमती निकिता पौडेललाई गरिएको भुक्तानी, झूठो विवरणद्वारा कम्पनी स्वामित्व हस्तान्तरण लगायतका आधारमा सरकारी वकिलले उनलाई ठगीमा संलग्न रहेको पुष्टि हुने अभियोग लगाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

१ कराेडकाे बैंक ग्यारेन्टी बुझाएर रिहा भए लामिछाने