सिटिजन्स बैंकका ग्राहकलाई सिटिस्केप थकालीमा छुट

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र काठमाडौंकाे दरबारमार्गमा रहेकाे सिटिस्केप थकालीबीच ग्राहकलाई विशेष छुट दिने सम्झौता भएको छ ।

सम्झौता अनुसार सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकले सिटिस्केप थकालीमा १० प्रतिशतसम्म छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।

बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरूको प्रयोगलाई बढाउन र ग्राहकहरूलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरू सञ्चालनमा ल्याउँदै आएको छ ।

सिटिजन्स बैंकले देशैभर रहेका १९० शाखा, १५२ एटिएम र ९७ वटा शाखा रहित बैंकिङ्ग इकाईहरूबाट ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

सिटिजन्स बैंकका ग्राहकलाई सिटिस्केप थकालीमा छुट