नेपाली बजारमा भित्रियो आइसरको इन्जिन आयल

नेपालका लागि आइशर कमर्सियल भेइकल्सको एक मात्र आधिकारिक वितरक बतास एम. ए. डब्लु. कमर्सियल
भेइकल प्रा.लि.ले आइसरको इन्जिन आयल भित्र्याएको छ।

टंगालस्थित बतास एम.ए.डब्लु. प्रालिको मुख्य कार्यालयमा आयोजित एक समारोहमा कम्पनीका प्रमुख प्रबन्ध
निर्देशक शान्तराज बतासले आइसरको इन्जिन आयल भित्र्याएकाे जानकारी दिए। उनले इन्जिन आयल र स्पेयर पार्ट्ससहित व्यवसायीका लागि कम्प्लिट सोलुसन उपलब्ध गराउने उद्देश्यका साथ नेपालमा बजार विस्तार गरेको बताए ।

आइसर कम्पनीद्वारा उत्पादित इन्जिन आयल, ट्रान्समिसन आयल, इन्डष्ट्रियल आयल आदि नेपाली बजारमा
उपलब्ध हुनेछन् । आइसर ल्युब फोर ह्विलर, कमर्सियल, हेभी इक्विपमेन्ट आदि सबै सवारी साधनमा प्रयोग गर्न सकिने जनाइएको छ ।

भोल्भो र आइशरको संयुक्त परियोजनामा विविध मूल्य र प्रयोजनका लागि नवीन प्रविधिका उत्पादन
गर्दै आएका कारण नेपालसहित विश्वबजारमा आइशर ग्राहकको पहिले रोजाई बन्दै आइरहेको छ। विगत ४० वर्षदेखि
नेपालको व्यवसायिक सवारीको क्षेत्रमा लोकप्रिय ब्रान्ड आइशर बतास एमएडब्लूले आधिकारिक रूपमा
बिक्री वितरण गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

नेपाली बजारमा भित्रियो आइसरको इन्जिन आयल